Best Online News From Nepal

आर्थिक वर्ष २०७३–७४ को बजेट तर्जूमा प्रतिवेदन अर्थमन्त्रीलाई बूझाइयो

राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०७३–७४ को बजेट तर्जूमाका क्रममा राजश्व नीति, करका दर र संगठनात्मक संरचना लगायतका विषयमा अध्ययन गरी तयार गरेको प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको छ । सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेललाई राजश्व परामर्श समितिका संयोजक एवं अर्थ मन्त्रालयका सहसचिव लक्ष्मण अर्यालले समितिको प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा राजश्व संकलनको प्रवृत्तिगत विश्लेषण र प्रक्षेपण, भूकम्प र आपूर्ति असहजताबाट अर्थतन्त्रमा परेको प्रभाव र पुनर्जीवनका वित्तीय उपाय, संघीय वित्त व्यवस्थाको तर्जूमा र कार्यान्वयनका उपाय, सामाजिक सुरक्षा योजना र योगदान लगायतका विषयहरुको विश्लेषण सहित सुझावहरु प्रस्तुत गरिएको राजश्व परामर्श समितिका सदस्य–सचिव यज्ञप्रसाद ढुंगेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *