Best Online News From Nepal

आयोदधौम्य र मीमांसा दर्शन निर्देशन : एक पर्यवेक्षण

डा. माधवप्रसाद पाण्डेय
प्रविष्टि
वेदको तात्त्विक अर्थ गर्नुपर्दा मीमांसाको आश्रय लिनुपर्दछ । सांख्य, न्याय, वैशेषिक, योग, मीमांसा र वेदान्त हिन्दुका यी षट् दर्शन हुन् । तिनलाई आस्तिक दर्शन भनिन्छ । शिक्षा, कल्प, व्यारण, निरुक्त, छन्द र ज्योतिष यी वेदाङ्ग हुन् । यसबाहेक उपाङ्ग पनि छन् । यीभन्दा जेठा र वेदपछिका ब्राह्मण, आरण्यक र उपनिषद् छन् । यी सबैका शाखा–प्रशाखा र उपशाखाहरू पनि प्रशस्त छन् । वेददेखिका हाम्रा यी परम्परा हुन् । यो परम्परा आजसम्म आइपुग्दा असंख्य पन्थ, सम्प्रदाय र ससाना विभिन्न नामका झुण्डहरूमा परिणत भैसकेका छन् । कतिपय त्यस्ता समूहहरू वैदिक मूल प्रवाहबाट पर पर सर्दै जाँदा भिन्दै पाटोतिर पलायन हुँदै बरालिएर दिग्भ्रमित हुन थालिसकेका छन् ।
यस्तो संव्रmमित बिन्दुमा आइपुग्दा वेदको मूल प्रवाह मीमांसा दर्शनका विषयमा केन्द्रित पुस्तिका बजारमा आएको छ । सबैले बुझ्नेगरी नेपाली भाषामा लेखिएको प्रमाणपुष्ट यस वृmतिका जनक आयोदधौम्य निर्मलमणि अधिकारी हुन् ।
सात प्रकरण, एक परिशिष्ट र ६+६१ पृष्ठको स्वल्प कायमा समेटिएको मीमांसादर्शन निर्देशनमा आयोदधौम्य निर्मलमणि अधिकारी वस्तुतः निर्देशनात्मक रूपमा छछल्किएका छन्। जसमा मीमांसाको परिचय, तदनुवूmल धर्म र वेदविषयक चर्चा, यज्ञ र स्वर्गसम्बद्ध विविध धारणा, दैवीशक्ति सम्बद्ध यथार्थ वस्तुस्थिति, कर्मका प्रकार, नेपाली परम्परामा चलिआएको बलिप्रथा र मांसाहार विषयक प्रकाश, मुक्ति प्राप्त गर्ने गराउने मार्ग र परिशिष्टमा धर्म र विज्ञानको पारस्परिक समन्वयका विषयमा वस्तुगत, तार्किक र अनुसन्धानात्मक पद्धतिमा अधिकारी प्रस्तुत भएका छन् ।
मीमांसाका मूर्धन्य विद्वान् जसका जनक छन् । हिन्दुधर्म मर्मविचार र संक्षिप्त साङ्ग श्रुतिपरिचय जस्ता सारगर्वित र मूल जगमा आधारित वृmतिप्रणेताका उत्तराधिकारी आयोधधौम्यले साढे तीन दशककै उमेरमा आफ्नो उमेरभन्दा धेरै आधिकारिक वृmति लेखी प्रकाशित गरिसकेका छन् । साथै राष्टिय तथा अन्तर्राष्टिय स्तरमा समेत दर्शनका विविध पक्षमा अनुसन्धानात्मक लेख, रचना र कार्यपत्र प्रस्तुति एवं प्रकाशन समेत गर्न भ्याइसकेका छन् । यति छोटो उमेरमै उनी आफ्नो प्रतिभा प्रदर्शनद्वारा महामहोपाध्याय जस्ता गरिमामय सम्मानित पदवी प्राप्त गर्न सफल अधिकारीले नेपाल संस्वृmत विश्वविद्यालयबाट सञ्चार–प्रव्रिmयाको भाट्टमीमांसा–दार्शनिक अध्ययन शीर्षकमा शोधकार्य सम्पन्न गरी विद्यावारिधि उपाधि समेत प्राप्त गरिसकेका छन् । यसरी उनले यथानाम तथा गुण भनेजस्तै आफुलाई चम्किलो रत्नका रूपमा स्थापित गरिसकेका छन् । महामहोपाध्याय र आयोदधौम्य जस्ता मानार्थ सम्मान प्राप्त गर्नुका साथै विद्यावारिधि उपाधिद्वारा समेत विभूषित भई पैतृक धरोहरका रूपमा प्राप्त साधनामा निरन्तर लागिरहने नाम हो – निर्मलमणि अधिकारी ।
हालै नेपालमा आएको राजनीतिक परिवर्तनसँगै समाजमा धर्म, संस्कार र संस्वृmतिमा देखिएको विचलनलाई मध्यनजर गर्दै वेद, वेदाङ्ग, धर्म, दर्शनबाट टाढिने व्रmममा रहेका दिग्भ्रमित हिन्दुहरूलाई आफ्नो मूल प्रवाहमा ल्याउन र देशको राज्यसत्तामा योग्य नेपालीलाई तयार पार्ने कार्यमा समेत संस्थागत रूपमै सव्रिmय रहँदै आएका निर्मलमणि देशको दुर्गतिप्रति चिन्तित भई त्यसको समधानका लागि चिन्तनरत छन् । स्पष्ट अभिव्यक्ति, स्वच्छ विचार र सटीक प्रस्तुति उनका विशेषता हुन् ।
उनले लेखेका दर्जनबढी वृmतिमध्ये मीमांसादर्शन निर्देशन, वेद र वैदिक हिन्दु धारा र महान् दार्शनिक वmुमारिल भट्ट … सम्बद्ध यी ३ वृmति पढ्ने अवसर प्राप्त गरेकै आधारमा उनी र उनका वृmतिका विषयमा संक्षिप्त लेखनी सार्दैछु ।
समाजमा धर्म र विज्ञानलाई विरोधी कित्तामा राखेर अध्ययन गर्ने गरेको परिवेशमा आयोदधौम्यले आफ्ना वृmतिमा त्यसको ठीक विपरित चिन्तन अघिसारेका छन् । उनले आफ्ना रचनामा धर्म र विज्ञानलाई एक आपसमा संयोजन गरेका छन् । उनी धर्मयुक्त विज्ञान र विज्ञानयुक्त धर्मको चिनतनलाई अघिसारेर यी दुबै विरोधी कित्ताका मान्यतालाई एक आपसमा सहअस्तित्व कायम गराएर समाजलाई स्वस्थ र स्थिर बनाउने प्रयासमा लागिपरेका देखिन्छन् । उनका विचारमा विज्ञान र धर्मलाई भिन्न देख्नु मानवीय दुर्बलता हो ।
हिन्दुको मूल आधार ग्रन्थ वेद हो । वेदमा बह्वर्थक शब्द तथा पदावलि छन् । त्यसको व्याख्या गर्ने व्रmममा व्यक्तिपिच्छेले आत्मपरक अर्थ लगाउनाले समाजका सर्वसाधारण जनमानसमा अन्योलको वातावरण सृजित भएको छ । त्यस विषयलाई आयोदधौम्यले नलुकाइकन प्रकाश पारेका छन् । वेदमा वmुनै पनि वाक्य वाक्यांश वा पद निरर्थक छैन । तर कतिपयले आफ्नो पहुच विना नै व्याख्याता बनेर आफ्नो अयोग्यता प्रदर्शन गर्दै वेदको गूढ रहस्य बुझ्न नसकी निरर्थक पदको कल्पना गरेका छन् । यस्तो अयोग्यताको प्रदर्शन गर्नेको भीडले समाजमा थप अन्योल थपिरहेका छन् । यस्तो किन भैरहेको छ भने वेदको प्रस्तुति रूपकमा आधारित छ, जसले गर्दा त्यहाँ अनेकार्थी शब्दको प्रयोग बढी हुन्छ र अल्पमतिकाले त्यसको व्यख्या गर्न खोज्दा अर्थको अनर्थ हुनजान्छ । यो जघन्य अपराध हो । अन्यमा लक्षित गरिएकोमा गाईको प्रसङ्गमा, घिउवmुमारीमा लक्षित गरिएको वmुमारीमा यस्ता अनेकौँ दिग्भ्रमित भएर अर्थको अनर्थ लगइएको पाइएको छ ।
यसरी वेदको अर्थ बुझ्न कठिन भएपछि माथि उल्लेख गरेजस्तो अनर्थ नहोस् भनी कलियुगी अल्पबुद्धि भएका मानिसका लागि वेदको व्याख्याका रूपमा ब्राह्मण ग्रन्थको रचना गरिएको हो । यसलाई वेदतुल्य नै महत्त्व दिई वेदकै दुई भाग मानी वेद र ब्राह्मणको समान सम्मान गर्ने गरिन्छ । अझ यसो भनौँ वेदमा तीन काण्ड छन् – कर्मकाण्ड, उपासनाकाण्ड र ज्ञानकाण्ड । यी प्रत्येक काण्डका व्याख्याका रूपमा ब्रह्मण, आरण्यक र उपनिषद्को रचना गरिएको छ । कर्मकाण्डको व्याख्या ब्राह्मण, उपासनाकाण्डको व्याख्याको रूपमा आरण्यक र ज्ञानकाण्डको व्याख्या भएको भागलाई उपनिषद् भनिएको हो । यसरी संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् गरी चार भाग मानिएका छन् । संहिता अर्थात् वेद, वेदका मन्त्रहरू रहेको भागलाई संहिता भनिएको छ । हिन्दुपरम्पराको वmुनै पनि निर्णय गर्नुपर्दा वेदलाई नै अन्तिम प्रमाण मानिन्छ ।
डा. निर्मलमणि अधिकारी आयोदधौम्यको यो लेखनीको गन्तव्य अव देशनिर्माणतर्फ अग्रसर भैरहेको छ । यो नयाँ चाणक्यको यात्रा सफल पार्न र उनीद्वारा प्रतिपादित सिद्धान्तलाई देशमा व्रिmयात्मक रूप दिनका लागि नयाँ चन्द्रगुप्तको पनि खोजी भैरहेको छ । धन्यवाद ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *