Best Online News From Nepal

आयल निगमलाई बोनस वितरण रोक्न अर्थमन्त्रीको ठाडो आदेश

अर्थमन्त्रालयले कर्मचारीलाई बोनस वितरण नगर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ । निगमले नियम विपरीत कर्मचारीलाई बोनस बाँड्न लागेको जानकारी पाएपछि अर्थमन्त्रालयले त्यसो नगर्न कडा निर्देशन दिएको हो । बोनस ऐन, २०३० र बोनस नियमावली, २०३१ विपरीत व्यवस्थापनले बोनस बाँड्ने निर्णय गर्न लागेको थाहा पाएपछि अर्थमन्त्री विष्णु पौडेलद्धारा त्यसो नगर्न निर्देशन दिइएको अर्थमन्त्रालयको उच्च स्रोतले जनाएको छ ।

रु १२ अर्बभन्दा बढी सरकारको ऋण रहेको संस्थाले रु ९० करोडभन्दा बढी बोनस बाँड्न लागेको बताइन्छ । आम उपभोक्ता इन्धन सङ्कटको चर्को अभाव बेहोर्न बाध्य भइरहेको समयमा बोनस वितरण गर्दा त्यसको नकारात्मक सन्देश जाने देखिएकाले अर्थ मन्त्रालय त्यसप्रति रुष्ट देखिएको हो । अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयबाट आयल निगमका लागि सञ्चालक समिति सदस्यमा खटाइएका सदस्य सूर्य आचार्यमार्फत सो कार्य अगाडि नबढाउन निर्देशन दिएका हुन् ।

निमगभित्रकै केही कर्मचारीसमेत विद्यमान संकटपूर्ण अवस्थामा बोनस वा अन्य कुनै पनि किसिमको सुविधा वितरणको विपक्षमा रहेको बताइएको छ ।

 

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *