Best Online News From Nepal

आमानै गुमाइयो ससारमा के नै बाकि छ अब गुमाउन- दामोदर न्यौपाने

यस्तो अनुभूति बारम्बार भै रहन्छ ! सायद यहि होला डिप्रेसन ! हल्का डिप्रेसनमा जानू स्वभाविक होला । किनभने मातृबियोग जति ठूलो बज्रपात अरु ठानिदो रैन्छ । स‌न्सारमा धेरै बाकी छन ! छोराछोरिलाइ दुख नहोस भनेर सबै काम गर्न अघि सर्ने स्मार्ट बुबा हुनुहुन्छ । परिवारको सम्पुर्ण दायित्व आफै लिने कर्तब्यनिष्ठ दाइ हुनुहुन्छ ! 21 बर्ष देखि आमाले भन्दा एक स्टेप माथी हेरचाह गरिरहने भाउजू हुनुहुन्छ । 9 बर्ष देखी दुख सुखमा सहयात्रा गरिरहेकी श्रीमती छन । 5 बर्ष देखि छुनुमुनु गर्दै अनेक शिक्षा दिने छोरो छ । सानोबाबा भन्दै बारम्बार झ्याम्मिने छोरिहरु छन । दाजु भाइ भनेर नजिक भै रहने दिदी बहिनी छन । भतिज भनेर स्नेह दिइरहने काका हरु हुनुहुन्छ । आमा पछिको आमा जस्तो काकी हुनुहुन्छ । थुप्रै आफन्त हुनुहुनुछ ! दाजु भन्दै झ्याम्मिने देशभरका भाइ बहिनी छन ! यो सब थाहा छ मलाइ ! यति हुदा पनि केही नभए जस्तो । केही गुमाए जस्तो ! मन खाली भए जस्तो ! दिमाग शून्य भए जस्तो ! केही आएर छोपिरहेजस्तो ! यहि होला डिप्रेशन भनेको !
धेर्य गर्नु पर्छ । स्ट्रोङ हुनु पर्छ ! सबै जना यहि भन्नू हुन्छ । मैले धैर्य गर्नु गरे । म स्टृङ देखिनु देखिए ! आमाले आखै अगाडि देह त्याग गर्नु भयो । तत्काल सम्हालिए । बुबालाइ फोन गरेर जानकारी दिए । दाइलाइ बोलाए । भाउजुलाइ फोन गरे । दिदिलाइ फोन गरे । आम मान्छेलाइ जानकारी दिन फेसबुकमा पोस्ट गरे । स्ट्रोङ नभएको भए कहाँ सम्भव हुन्थ्यो ? तेति मात्रै हैन दागबती दिदा बाहेक फोन उठाए । सबलाइ रेस्पोब्स गरे । यहाँ भन्दा स्ट्रोङ कति हुनु !
तेति मात्र हैन । मैले लेखेकै भरमा एक बर्ष देखि रोकिएको ऐतिहासिक बागदरवार भत्काउन महानगरका मेयरले धमा धम सामान सारेछन। यो समाचार लेख्न 15 दिनमै खटिए । यसलाइ जोगाउन अदालतमा रिट पर्यो । यो सबै प्रकृयामा पर्दा पछाडिबाट सहभागी भए । लेखे । तेस यता निरन्तर लेखी राखेको छु । लेख्नु सजिलो छैन । लेख्नु भनेको दिमाग चलाउनु हो । दिमागकै खेल हो यो ! शोकले दिमाग गलेको छ् । गलेको दिमाग कति रचनात्मक होला ? तै पनि लेखे । दिमाग गलेको बेला बरु भारी बोक्ने काम ब्गए सजिलो हुनेथियो भन्ने लाग्छ बेला बेला ! सहनु भनेको यहि होला । धैर्य भनेको यहि होला । यी सब देखाउन गरिएका काम हुन । मन शान्तिको लागि गरिएका प्रयास हुन ! तर जति प्रयास गरे पनि मन किन शान्ती हुन्थ्यो ? यति लामो समय आमाले छाड्नु भएकै थिएन । 27 औ दिनमा सपनामा देखे ! सपनामा देख्दा पनि न्यास्रो पो मेटियो । सपनामा देख्नु राम्रो हैन रे ! ओहो सपनामा पनि देख्न नपाउनु ? मन कति कोपरी रहन्छ

आज एक छाकी । भोलि माशिक श्राद्द ! यो एक महिना पन कति लामो। युग बिताए जस्तो !आमा गुमाउने म मात्रै हैन । यो प्रकृतिको नियम हो। तर पर्दा मलाई मात्रै परे जस्तो । सागरले मलाइ मात्रै थिचे जस्तो । खुब तलाइ मात्र लेख्नु पर्ने भन्नू होला कोहि कोहि ! मन भित्र हुडलिएका भावना पोखेको हु ! शेयर गरे मन शान्त हुन्छ भन्छन ! तेहि भएर शेयर गरेको ।
#जननी_जन्मभुमिस्च_स्वर्गदपी_गरियसे