Best Online News From Nepal

आध्यात्म ,विज्ञान र श्रीकृष्ण

 

प्रवीण अधिकारी -===================
16179566_591190584420781_4280124530029418748_o (2)
धेरै व्यक्तिहरु भौतिकवादमा निकै विश्वाश गर्दछन | त्यसकारण उनीहरु भन्ने गर्छन अध्यात्मले तर्क , बुद्धि र विश्लेषण गर्ने क्षमता विकशित तुल्याउन सक्तैन | उनीहरुको विचारमा अध्यात्म र विज्ञानको कतैपनि समानता हुन सक्तैन तर, आध्यात्म संपूर्ण रुपमा विज्ञान हो | विज्ञानले तथ्य लेराउछ र त्यो तथ्यलाई खार्न सिकाउँछ भने आध्यात्म वैचारिक विज्ञान हो | जसरी विज्ञानले कुनै चिज प्रमाणित गर्दछ त्यसरीनै अध्यात्मले हाम्रो आत्मा, परमात्माको अंश हो भन्ने कुराको वोध गराउँदछ | विज्ञानको प्रयोग प्रयोगशालामा गरिन्छ भने अध्यात्मको प्रयोग शरीरमा गरिन्छ | आध्यात्मकोलागि हाम्रो शरीर नै एक मात्र प्रयोगशाला हो | ध्यान र साधनाद्वारा हामी हाम्रो आत्माको प्रयोग गर्दछौं | त्यस प्रयोगले हामी ईश्वरको सत्ता र त्यो सत्तासंग हाम्रो संबंधको वोध गर्दछौं |अध्यात्म अनुभव गर्ने विषय हो | यस भौतिक संसारमा हामीले कुनै अमूर्त चिजलाई सजिलै विश्वास गर्न नसक्नुको कारण के हो भने त्यसलाई हामी देख्न ,समात्न वा आफ्ना ज्ञानेन्द्रीय र कर्मेन्द्रियले महसूस गर्न सक्दैनौं |हाम्रो ज्ञानले हामीलाई के कुरामा डोर्याएको छ भने आँखोले देखेको कुरो सत्य मान ,आफुले सुनेको कुरो सत्य मान किनभने हाम्रो जिउने कला ज्ञानेन्द्रीय र कर्मेंद्रियले देखेको र स्वीकारेको हद सम्म डोरिने गर्दछ |पदार्थ जगतको क्षमताको स्वरूप र उपयोगलाई सम्झिने विद्या विज्ञान हो , र मानव चेतनालाई उन्नति ,प्रगति र प्रसन्नता दिने विद्या अध्यात्म हो | मानवीय सत्तालाई दुवै क्षेत्रसंग तालमेल मिलाउन सके मात्र मानव जीवन सार्थक हुने गर्दछ |

विज्ञानको विकास विशेषतः क्वांटम फिजिक्सको विकास गर्दै भएको हो भने आजको दिनमा विज्ञान ‘अध्यात्म ‘ का ती बिंदुहरु पहिल्याउन अगाडि बढि रहेको छ जसलाई हाम्रा पूर्वजहरुले हजारौं बर्ष अघि चिन्तन गरेका थिए | त्यसैकारण आइंस्टाइनले ‘ धर्म र विज्ञान ‘ लाई एउटै सिक्काको दुईपाटो बताए | पूर्वीय दर्शन र अध्यात्मलाई विज्ञानले प्रष्ट पार्न सकेको छैन तर हामी विज्ञान र गणितका नियमहरु भित्र बसेर गीता र वैदिक सिद्धांतहरुको व्याख्या गर्न सक्दछौं | अध्यात्म र दर्शनमा प्रयोग गरिने शब्दावलीहरु विज्ञानको दृष्टिकोणले ‘ अपरिभाषित ‘ नै छन् त्यसलाई गहन शोध गर्नपनि सक्छौ | जस्तो सनातन हिंदू दर्शनले यस संसारका प्रत्येक कणहरुलाई ‘ जीवित ‘ र ‘ चेतनामय ‘ भनेर स्वीकार्छ भने अर्कोतिर जीव विज्ञानले मानव लक्षणहरु हेरेर ‘ जीवन ‘ निर्धारण गरिरहेको हुन्छ | यस्तो अवस्थामा यदि ‘ ऊर्जा र द्रव्यमान ‘ को आधारमा व्याख्या गर्ने प्रयासगरि हेर्यौं भने ढुङ्गोपनि ‘ चेतन ‘ पदार्थ अर्थात जीवित मान्न सकिन्छ किनभने त्यसको अस्तित्वपनि त्यहि ‘ ऊर्जा र पदार्थको ‘ समीकरणको आधारमा रहेको हुन्छ जसरी कुनै जीवित मान्छेको ‘ अस्तित्व रहेको हुन्छ | अब त्यो मूल शब्दहरु के के हो ? बिचारगरि हेरौं –

१ ) आत्मा के हो ?
===========
सजिलोगरि भन्नु पर्दा त्यस्तो रहष्यमय उर्जा जो सबै जड र चेतन बस्तुमा सधैं रहने गर्दछ त्यो “आत्मा ” हो र त्यही आत्मालाई उपनिषद् विचारधाराले परमात्माको अंश मानेको हो र त्यसैलाई अटल शाश्वत सत्ता भनेर स्वीकारेको हो | अब हामीले आजको एक्काइसौँ शताव्दीमा आएर विचार्दा के भन्नु पर्ने हुन्छभने कुनैपनि बस्तुको उर्जात्माक स्वरुपमा भएको अन्तर्निहित गुण नै त्यसको आत्मा हो | तर , भगवान बुद्धले पदार्थहरुमा भएको ती अन्तर्निहित गुण तत्व अटलता , अपरिवर्तनीयता आदि मान्छेसंग तुलनात्मक अध्ययन गरेर यो कुरोलाई अस्विकार गरि प्रश्न गरेका थिए | अर्को शब्दमा भन्दा बुद्धले एक कोशिकीय जीवजन्तुबाट बहुकोशिकीय जीवजन्तुको स्वरुपमा आत्मा स्वरूपको संक्रमण ‘ कसरी हुन सक्छ ? मानेनन र यो कुरो ध्रुव सत्य र शाश्वत होइन भन्नेकुरा बताए तर कर्म सिद्धांत र पुनर्जन्म भन्ने कुरो स्वीकार्दै यस लोकमा इच्छाहरु कसरी जन्मिन्छ भन्दा जसरी समून्द्रमा एकपछि अर्को गरेर छाल आउँछ त्यसरीनै यो कर्म र सिद्धान्त भन्ने कुरोले मान्छेलाई पछ्याई रहन्छ र आफ्नो स्वरुप फेरि रहन्छ भंनेकुरो आफ्नो उपदेशमा बताएका थिए |

२ ) इच्छा के हो ?
===========
इक्षापनि ऊर्जाको एउटा किसिम हो , जसलाई हामी महसूस गर्दछौं |यसले मान्छेलाई कर्म गर्न प्रेरित गर्दछ भन्दछौ | सनातनी मान्यतामा ईक्षा नभए आत्मा र ब्रह्माण्डको अस्तित्व छ भन्नेकुराको अर्थ रहन्न | यसैले हाम्रा आर्ष ग्रंथहरुले ‘ ब्रह्म ‘ को अस्तित्व स्वीकार्यो र कामना गर्दा मानव मस्तिष्कमा आउन सक्यो | अब आजको शैलीमा ” ब्रह्मांड ” भन्ने शब्दलाई एंट्री बिन्दू मान्दा यो ब्रह्मांडमा निरंतर संतुलन र प्रतिसंतुलन रहन सक्दछ अर्थात मानव इच्छा भन्ने चिज यो ब्रह्मांडमा त्यस्तो शक्ति बन्न पुग्दछ जसले मानवलाई संचालन मात्र गर्दैन बरु मान्छेको ‘ इच्छा ‘ रूपी ऊर्जाले ‘आत्मा ‘ रूपी ऊर्जालाई छोप्न पुग्दा उसको पुनर्जन्म समेत हुनपुग्छ | मान्छेको सूक्ष्म शरीर ‘ उसको इच्छाहरुको कारण , त्यसलाई पूर्ति गर्न लालायित हुन पुग्छ र अनुकुल ‘ कर्म ‘ गर्न पट्टि लाग्छ | यसैकारण हामी आफ्ना इक्षाहरुमा आसक्त र लिप्त हुन पुग्छौ | यै सिद्धान्त स्विकार्दा सनातनी विचारधारा र बुद्धको विचारधारा अनुसार पुनर्जन्मको सिद्धान्त व्याख्या समेत हुन पुग्छ |

३ ) कर्म के हो ?
==========
कर्मपनि त्यहि मानवीय ऊर्जाको एउटा किसिम हो , जस अनुसार हाम्रा ‘ इच्छाहरुले परिणाम प्राप्त गर्ने गर्छ र यै परिणामलाई हामी ‘ फल ‘ अर्थात पदार्थ भन्ने गर्छौ | यसैकारण हामीले गरेका राम्रा र नराम्रा कर्महरु अनुसार ‘ आत्मा ‘ माथि ‘ इच्छा ‘ , ‘ अर्थात गरिएका कर्म ‘ अनुसारको कर्मफलको आवरण थपिन पुग्छ र हामी मानवहरु यस ब्रह्मांडको अन्तर्निहित गुणको चक्र भित्र छिर्न पुग्छौं | अब मान्छेले कुनै इच्छाराखेर कर्म गर्नुको साटो ईक्षा नगरी निष्काम कर्म गर्यौ भने त्यतिबेला फल त प्राप्त हुन्छ तर आत्मामाथि इच्छाको पातलो बर्को ओढिन पुग्छ | यो कर्म रूपी ऊर्जाद्वारा पहिलाको कर्म फल नष्ट हुन थाल्छ अनि अनाशक्ति बढ्न जादा इच्छा भएको नभएको क्यै अर्थ रहन्न र ती व्यक्तिहरु स्वतः विलोपित हुन पुग्छन | जसले गर्दा इच्छा , कर्म र कर्मफल हटन जान्छ र विशुद्ध आत्मा प्रकट हुन् थाल्छ पूर्ण ‘ ब्रह्म ‘ स्वरूपमा |

४ ) फल के हो ?
==========
मानवले आफ्ना इच्छाहरुको निर्देशन अनुसार कामगर्दा ‘ परमाणुहरु संकलित भएर आकार लिनपुग्नु फल कहलिन्छ | पदार्थको मूल इकाई ‘ परमाणु ‘ हो तर यसको चरम विकसित र चेतन स्वरूप ‘ जीवन ‘ हो र जीवनमा पनि सबै भन्दा ‘ पूर्ण चैतन्य स्वरूप हो मानव , त्यस्ता मानव जसको चेतना स्तर माथ्लो स्तरमा पुगेको छ र त्यसका इच्छाहरु बंधन मुक्त हुन् पुग्दा उसले वास्तविक ऊर्जा रूप अर्थात ” आत्मा ” थाहा पाउने गर्छ र यस ब्रह्मांडको नियम अनुसार पूर्ण मूक्त भै पुनः त्यहि ब्रह्ममा जोडिन पुग्छ भन्नुको अर्थ जससंग उ पहिला पृथक हुन् पुगेको थियो त्यसै संग गएर पुनः जोडिन्छ | यसैलाई हाम्रो सनातानिले भन्ने गर्दछन ‘ मोक्ष ‘ | तर मान्छेको ईक्षा अधीन सबै कुरा रहने भएकोले मान्छेले आफ्नो शरीर र अहंकार तॄप्त हुन् पुग्नु नै मोक्ष हो भन्ठान्छ | यसै कारण आध्यात्मिक मानव यो संसार ब्रह्मांडका तिनै भौतिक नियममा चलेको ठान्ने गर्छ जसको निर्धारण ‘ यस ब्रह्मांडमा जन्म लिने बेलामानै निर्धाण गरिएको थियो |

५ ) मोक्ष के हो ?
==========
कुनै मान्छेले आफ्नो जैविक ऊर्जाको मिलन ब्रह्मांडको त्यो ऊर्जा संग गराई दिंदा उसको उर्जा ,ईक्षा कर्मको आवरणद्वारा ढाकिएको पाउँछ | हो त्यै आवरणलाई हामी मानव जातिले आत्मा भन्ने गर्दछौं | अब जतिखेर हामीलाई हाम्रो वास्तविक ” ब्रह्म स्वरूप ” अर्थात ” मूल ऊर्जा रूप ” को ज्ञान हुने गर्छ त्यतिखेर हामीलाई यो जगत एउटा सपना जस्तो लाग्न थाल्छ |

६ ) मोक्ष अर्थात ब्रह्म प्राप्तिको बाटो
========================
परमात्मा या ब्रह्म संग जीवको मिलन कसरी हुन्छ भंनेकुरो श्री क्रिष्णले गीतामा बताई दिए | ब्रह्म प्राप्तिको बाटो भनेको ” योग ” हो भन्नेकुरा उनैले यो लोकलाई सिकाएर गए | उनको उपदेशात्मक ग्रन्थ गीतामा योगको धेरै प्रकरणहरु बताइएका छन जसलाई सांख्य , ध्यान , कर्म र भक्ति भनिएको छ अर्थात भगवान श्रीकृष्णले हामी प्रत्येकलाई आफ्नो ‘ स्वधर्म ‘ अर्थात हाम्रो जन्म , प्रवृत्ति र प्रकृति अनुसार धर्म छनौट गर्ने छूट दिएका छन | उनले भनेका छन कि प्रत्येक मार्ग अंततः ‘ उनी ‘ सम्म मात्र पुग्दछ कसरी ? भन्दा भगवान श्री कृष्णकै दृष्टिले हेरेर बुझ्ने प्रयास गरौँ : –

१ ) सांख्य दर्शन वा ज्ञान
================
यस अनुसार प्रत्येक मान्छेमा ” अकर्ता ” भाव रहेको हुन्छ भन्नुको मतलब उसले कर्म गर्दा गर्दैपनि उसले त्यसप्रति आफुलाई नजिक पुर्याउन्न टाढै राख्छ जसले गर्दा त्यो कर्मको ‘ कर्म फल ‘ प्रति पनि उ ‘ अनुत्तरदायित्व ‘ अर्थात उदाशीन रहन पुग्छ | यो तरिका निकै हदसम्म बुद्धले बताएको तरिका र नास्तिक दर्शन संग मिल्दो देखिन्छ तर कृष्ण भन्छन कर्म र कर्मफल प्रति ‘ अनुत्तरदायित्व ‘ रहन पुग्दा त्यो प्राणी वा जीव अंततः ‘ आफ्ना इच्छाहरुबाट मुक्त हुन पुग्छ र पनि त्यसले आत्म साक्षात्कारको माध्यमले ब्रह्मभाव प्राप्त गर्दछ ( महर्षि कपिल र बुद्ध ‘ ब्रह्म ‘ वा ‘ ईश्वर ‘ को विषयमा मौन रहेका देखिन्छन )|

२ ) ध्यान
======
यसलाई हठ योगपनि भन्छन जसद्वारा शरीर शुद्ध ( पंच कर्मादि ) पारेर भृकुटी वा नासिकाग्र माथि ध्यान केन्द्रित गरेर गर्ने गरिन्छ | यो ज्यादै कठिन विधि हो र यो काम साधारण मान्छेले गर्न सक्दैन | कोइ गुरु राखे सक्ला | यस मत अनुसार मान्छेको समस्त जैविक ऊर्जा ( कर्म व कर्मफल सहित ) ” मूलाधार चक्र ” हुदै विभिन्न चक्रहरु पारगरि ” सहस्त्रार ” सम्म पुग्छ त्यो नै ब्रह्म रूपी परम ऊर्जाको द्वार हो र जहाँनिर पुगेर सबै कर्म, कर्म फल र इच्छाहरु विलीन हुन पुग्छन तर, साधारण शरीर भएका योगीहरु यसबाट प्रायः फर्किन्नन र त्यै समाधि अवस्थामा ‘ ब्रह्मरंध्र ‘ हुँदै उसको आत्मा ‘ ब्रह्म ‘ लिन हुन पुग्छ |

३ ) कर्म
======
यो गीताको सबै भन्दा चर्चित विधि हो जसमा सांख्य र योगलाई दुःसाध्य मानेर मान्छेलाई कर्म गर्न सुझाउ दिइएको छ तर त्यो मान्छेलाई ‘ निष्काम ‘ भावले केवल कर्म गर्न मात्र सुझाइएको छ फलको आश नगर भनिएको छ | भगवान कृष्णको भनाइमा फल मा आसक्त हुन पुगे वर्तमान कर्ममा एकाग्रता पुग्दैन र बाधित हुन पुग्छ | साथै फलमा आसक्ति बढ़दा नयाँ इच्छाहरुको बंधन पनि आत्मा माथि रहन पुग्छ | तर निष्काम कर्म गरिंदा चाहे जुनसुकै फल प्राप्त भएपनि नयाँ इच्छाहरु नहुने हुँदा पहिले गरिएका कर्म र कर्मफल क्रमशः नष्ट हुँदै जान्छन र ‘ आत्मा ‘ आफ्नो विशुद्ध ‘ ब्रह्म ‘ स्वरूपमा प्रकट हुन पुग्दछ र उसले मोक्ष प्राप्त गर्दछ |

४ ) भक्ति
=======
यसलाई भगवान कृष्णले सबै भन्दा सरल उपाय भनेका थिए तर उनले ‘ सकाम ‘ र ‘ निष्काम ‘ भक्तिमा बाँडेर मान्छेलाई चेतावनीपनि दिन भ्याएका थिए | सकाम भक्ति गर्दा मान्छेले आफ्नो आराध्यको स्वरूप त प्राप्त गर्न सक्छ तर उसले मूक्ति पाउन सक्तैन किनभने उसलाई उसको इच्छा र कर्मको बंधनले छोडदैन | उसले दर्शाएको प्रेम , भक्ति जे कुराले उसको आकांक्षा , इच्छा निष्काम भावको रुपमा अभिव्यक्त हुन पुग्छ र त्यसैको माध्यमले ( मूर्ति , स्वरूप , नाम ) उ ब्रह्मको परम सत्ता संग नजिक हुन पुग्छ र उसका सबै ईक्षा कर्म र कर्मफल ‘ एक निमेषमा ‘ विलीन हुन पुग्छन | जसरी अग्निमा सुन गलाउँदा त्यसमा टाँसिएको मैला डढेर अकवरी सुन बन्न पुग्छ | भगवान कृष्णको प्रत्येक मार्गमा ‘ मान्छेको संपर्क आत्माको माध्यम हुँदै सुद्ध ‘ ब्रह्म स्वरूप ‘ संग मिसिंदा मोक्ष हुन पुग्छ |

विशेषतः ‘ ध्यान ‘ र ‘ भक्ति ‘ जस्तो ‘ सरल उपाय ‘ बताउंदै कृष्ण भन्छन तैले जे गरेपनि तँ मेरो शरणमा आइज यो कुरो यदुवंशी कॄष्णले होइन ‘ योगयुक्त साक्षात परब्रह्म ‘ ले बोलेको हो |अर्को कुरो म तँलाई तेरो सबै पाप कर्मबाट मूक्त गर्छु किनभने यी इच्छाहरु , यी कर्महरु , त्यो कर्मफल , त्यो आत्मा – यी सबै ऊर्जाहरु तिनै ‘ ब्रह्म रूपी ऊर्जा ‘ बाट उत्पन्न हुन पुगेका हुन त्यसकारण सबै पदार्थहरु र ऊर्जाको विभिन्न स्वरूप यस परम ऊर्जाको संपर्कमा आएपछि क्षण भरमा आफ्नो मूल स्वरूपमा विलिन हुन पुग्छन र यस्तो मान्छे स्वयं ब्रह्मस्वरूप हुन पुग्दछ जसरी कुनै पनि संख्याको गुणा शून्य संग गर्दा गुणनफ़ल शून्य हुन पुग्दछ |त्यसरीनै भक्ति र योग मार्ग जस्तो ” सरल उपाय ” अपनाउँदा भगवान कॄष्णको कर्म सिद्धांतको उल्लंघन हुन पुग्दैन |-प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *