Best Online News From Nepal

आज विवाहपञ्चमी मिथिलाञ्चल क्षेत्रमा अाज राम-सीताको विवाह हुँदै

पौराणिक कालमा सीता-रामको विवाह भएको सम्झना स्वरुप प्रत्येक वर्ष मंसिर शुक्ल पक्षमा मनाईने विवाह पञ्चमीको सम्पुर्ण तयारी पुरा भई बिहीवार राम-सीताको विवाह हुने  छ, अन्य वर्ष जस्तै स्थानीय रंगभुमि मैदान वाह्रविघामा दिउँसो स्वयंवर पश्चात आज राती विवाह हुने छ।

महोत्सवको आकर्षणको केन्द्र विन्दु रहने जानकी मन्दिरलाई रंगरोगन गरी झकिझकाउ पारिएको छ । मन्दिर प्राङ्गणमा सीतारामको चरित्र सम्बन्धी कथा प्रवचन तथा राम लिला शुरु भइसकेको छ ।

हिन्दुहरुका अाराध्यदेव सीतारामको विवाह उत्सवको रुपमा मनाइने विवाह पञ्चमीमा भाग लिन सयौँको सँख्यामा भारतीय सन्त-महन्तहरु जनकपुर आई पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *