Best Online News From Nepal

आज फेरी अस्थित्वलाई एउटा चिठ्ठी लेख्न मनलाग्यो ।-चिठि

Birbhadra Acharya ——

बिरभद्र

जीवनको गोरेटोमा
कती पाइलाहरुको छाप बसेहोलान्,
कति मेटीएहोलान्,
आज तिनै पाइलाहरुका संगालो,
म एक व्यक्ति भएर उभिएको छु ।

हे अस्थित्व !
तिम्रो गौरवको प्रतिक पनि म नै हुँ
तिम्रो हिनताको छवि पनि म नै हुँ,
तिम्रो पागलरुप पनि म हुँ,
तिम्रो शान्ति र आन्नदको प्रतिरुप पनि मनै छु ।

किन कसैलाई पिडाको त्यो भडखाल ?
कसैलाई ऐश्वर्यभोगको बरदान !
किन कोहि आफैंसंग संझौता गर्न असमर्थ ?
किन कोहि आफैंमा मदमस्त ?

दृष्टि विहिनताको उदाहरण देख्दा
करुणा जागेर आउँछ,
अनि कतै कतै मात लागेको देख्दा
तिमीप्रति नै आश्चर्य भाव उठेर आउँछ ।

हे अस्थीत्व ! भन न भन
तिमी के हौ ? तिमी को हौ ? तिमी को हौ ?
म को हुँ ? म को हुँ ? म को हुँ ?
तिम्रो जवाफको पर्खाइमा
यात्री, जीवनको

Leave a Reply

Your email address will not be published. Required fields are marked *