Best Online News From Nepal

आज गणेश चतुर्थी भगवान गणेशको जन्मोत्सव

आज गणेश चतुर्थी गणेश मन्दिरहरुमा भक्तालुहरुले विभिन्न प्रकारका लड्डुहरु चढाएर गणेशको जन्मोत्सव मनाएका छन ।


देश भरमा मा रहेको गणेश मन्दिररुहमा भक्तालुहरुले बिशेष पूर्जाआजा गरी गणेशको पूजा गरेका छन् । देशका प्रमुख गणेश मन्दिरहरुमा आज गणेश चतुर्थीको अवसरमा भगवान् शिव–पार्वतीका पुत्र गणेशको बिशेष पुजा आराधना गरेका हुन् ।

हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डी प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी आउँछ । यसै कारण कुनै पनि कामको थालनी गर्दा भगवान गणेशको पहिला पूजा गर्ने गरिन्छ ।

आजका दिन गणेशलाई विभिन्न ८४ परिकारहरु तथा फलफूल चढाउने चलन रहदै आएको छ । गणेशलाई सिद्धि विनायक, गजाधर जस्ता नामले समेत चिनिने गरिन्छ ।विभिन्न नामले पुकार गरिने भगवान गणेशलाई कला र साहित्यको भगवान पनि मानिन्छ ।