Best Online News From Nepal

  एशियाको सबै भन्दा लामो पुलको उद्घाटन   ब्रमपुत्र नदि माथि

 

18670955_472608999748473_992551224193237298_n 18699489_472609003081806_5292481957652146384_o

भारतिय प्रधानमन्त्री श्री  नरेन्द्र मोदिले आज   एशिया को सबै भन्दा लामो पुल ‘ढोला-सादिया ब्रह्मपुत्र पुल’ को उद्घाटन  गरेका छन।

छिमेकी मुलुक भारतले चीनको सीमानामा भारत देशको सबैभन्दा लामो पुल जुन पुल एसिया कै लामो पुल बनाएको छ। अरुणाञ्‍चल प्रदेशको बीचमा रहेको ब्रम्हपुत्र नदीमा बनाइएको ढोला-सादिया पुलको शुक्रबार  उद्‌घाटन भएको हो।

चीनको सीमानामा बनाइएको उक्त पुललाई भारतले रणनीनिक रुपमा हेरेको बताइएको छ। उक्त पुल बनाउन धेरै समय लागेको थियो। समाचार एजेन्सी पीटीआइका अनुसार यो पुलको लम्बाइ ९.१५ किलोमिटर र चौडाइ १२.९ मीटर रहेको छ। तर दुवै तिर बनेको सम्पर्क सडकलाई जोड्‍ने हो भने कुल २८.५ किलोमीटर रहेको छ।

यो पुल ब्रम्हपुत्र नदीबाट निक्लिने लोहित नदीमाथि बनाइएको छ जुन आसामको ढोला र रुणाञ्‍चलको सादियालाई जोड्‍ने गर्दछ। पब्लिक प्राइभेट पार्टनरसीप पीपीपी अनुसार सन् २०११ मा सुरु गरिएको थियो।

जसमा करीब १ हजार  करोड भारतीय रुपैया लागेको थियो भने उक्त पुललाई नवयुग इन्जिनियरिङग कम्पनी लिमिटेडले बनाएको हो। यस्तै मिनिस्ट्री सिपिङका अनुसार यो पुलले पूर्वी क्षेत्रको समस्यालाई ठूलो मद्दत गर्ने बताइएको छ।

तस्विर – गोरखनाथ  पिठ गोरखपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *