Best Online News From Nepal

आज आश्विन १ गते (कन्या सङ्क्रान्ति) अर्थात महान ईन्जिनियर विश्वकर्मा दिवस

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । 

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनार्इ लुकाएको धार्मिक विश्वास छ ।
एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ ।

विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

भगवान् विश्वकर्माको वर्षभरिमा कति पटक पूजा र महोत्सव मनाइन्छ ।

जस्तै भाद्रपद शुक्ल पक्षको प्रतिपदा तिथिको महिमा महाभारतमा विशेषतः प्राप्त हुन्छ ।
यो पूर्वोत्तर भारत, बङ्गलादेश र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आश्विन १ गते (कन्या सङ्क्रान्ति) का दिन मनाउने प्रचलन छ ।
भारतका कतिपय क्षेत्रमा गोरुतिहार(गोवर्द्धन पूजा) का दिन भगवान् विश्वकर्माको पूजाअर्चना (औजार-पूजा) गर्ने गरिन्छ ।
यसरी भगवान् विश्वकर्माको जयन्ती मनाउने क्रममा विद्वानहरूमाझ मतभेद छ ।श्रुतिको वचन छ – विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा-आराधना गर्नुपर्दछ ।

कसैले भ्रम नछरौँ !
विश्वकर्मा विश्वकर्म स्वरुपबाट बनेको शब्दहो जसको अर्थ हो वास्तुपुरुष | यहाँ वास्तु शब्दले घरलाई जनाउने भएकोले त्यसैबाट बनेको हो वास्तु शास्त्र | यै वास्तु शास्त्रलाई पराशरऋषिले बृहद्रथलाई र बृहद्रथले विश्वकर्म पुरुषलाई विस्तारमा वताएको शास्त्रीय वर्णन रहेको छ | यै विश्वकर्म पुरुषलाई हाम्रो समाजले वास्तुपुरुष भन्ने गरेको हो र घरको जग खन्दा र गृह निर्माणकार्य सकिएपछि पूजा गर्ने गरेको हो | यै वास्तु पुरुष गाउँ , नगर, दुर्ग ( किला ) पत्तन ( शहर ) प्रसाद ( महल ), प्याऊ र जलाशय ( तलाउ ), उद्यान ( वगैंचा )मा बस्ने ईश्वरीय शक्ति भनेर चिह्निएको हो | हाम्रा शास्त्रले भन्छन यसलाई पूजा नगरे घरमा दरिद्रता ,अस्वस्थता आदि छिर्छ |त्यसैले गृहनिर्माण गर्दा वा गरिसकेपछि यिनको पूजा गर्ने गरिएको हो | गृह निर्माण कार्यमा जो जो कालिगढ सामेल हुन पुग्छन तिनलाई वा ती कालिगढ़ी जमातलाई हाम्रो समाजले विश्वकर्मा भन्न थालेको हो | त्यसैले विश्वकर्मा भनेको जाति विशेष वा छुवाछुत होईन ,जुन किसिमले आजको दिनमा प्रचारित र प्रशारित गर्ने गरिएको छ | 😐

आदरणिय भिष्मानन्द भिष्मानन्द ज्यु को वाल बाट!