Best Online News From Nepal

आगामी सोमबार आकासमा दुर्लभ घटना देखिने, पृथ्वी र सूर्यको बीचबाट बुधग्रह हिँडने

खगोलीय घटना अन्तर्गत आउँदो सोमबार बुधग्रहको पारगमन हुनेछ । ‘ट्रान्जिट अफ मरकरी’ भनिने यो प्रक्रियामा पृथ्वी र सूर्यको बीचबाट बुधग्रह हिँडने छ । यो दुलर्भ घटना ग्रहणजस्तो ठूलो छायाँ नभएपनि सूर्यको सतहबाट एउटा गतिमान बिन्दु पूर्बदेखि पश्चिमतिर गइरहेको देखिने छ । नेपाल एस्टोनोमिल सोसाइटिका अध्यक्ष सुरेस भट्टराइले काठमाडौबाट ४ बजे ५५ मिनेटदेखि देख्न सकिने बताए । साँझ ६ बजेर ४० मिनेटमा यो मध्यावस्थामा हुनेछ भने एक मिनेटपछि सुर्यास्त हुने भएकोले देख्न सकिदैन । यसलाई नाङगो आखाँले हेर्न नहुने भट्टराइले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *