Best Online News From Nepal

आएको वर्षाले बगाएर तीन जनाको मृत्यु

हेटौँडा, वैशाख २२ गते। मकवानपुर जिल्लाको भैँसे गाविस वडा नं ४ ज्यामीरे खोलामा आज साँझ आएको वर्षाले खोलामा बाढी आएका बेला खोला तर्न लाग्दा बगाएर तीनजनाको मृत्यु भएको छ ।

मृत्युहुनेमध्ये मकवानपुरको भैँसे–४ बस्ने २८ वर्षीया विमला स्याङ्तान र १२ वर्षीया अनिषा मुक्तान भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, भैँसे–३ आँपखोलामा खोला तर्न लाग्दा तराईवासी मुलको एकजना पुरुषको बगाएर मृत्यु भएको छ ।

उनको अहिले सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले राससलाई जानकारी दिनुभयो ।

घटनास्थल हेटौँडा भिमफेदी सडकखण्डअन्तर्गत भैँसेको ज्यामीरेमा सो घटना भएको प्रहरीले जनाएको छ ।

– रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *