Best Online News From Nepal

अवैध र गैरकानूनी रूपमा मापदण्ड बिपरित सञ्चालित इट्टा भट्टा र प्लाई उद्योग

Swaraj Khadka  पाचखालका बासिन्दाको यो
कदम ढिलै भए पनी अति स्रहानिय छ।

कृषीको उर्वर भुमी पाचखाललाई मरूभुमी बनाउन लागी परेका केही व्यवशायी र दलाल विचौलियाका बिचको समन्वयमा अवैध र गैरकानूनी रूपमा मापदण्ड बिपरित सञ्चालित इट्टा भट्टा र प्लाई उद्योगले दैनिक फाल्ने हजारौ टन खरानीको धुलो र धुवाका कारण आमजनताहरू दिर्घरोगका शिकार भैरहेका छन भने पशु चौपायाहरूमा पनी रोग देखा परेका छन।कृषि उत्पादनहरूको उत्पादन दिन प्रतिदिन घट्दै गैरहेको छ भने भुमिगत पानिका स्रोत समेत दोहन भैरहेको छ ।विद्यालयको छेउ,स्वास्थ्य संस्थाको छेउ र घनामानवबस्तिको बिच सञ्चालित यस्ता उद्योगले गर्दा केही वर्षपछी पाचखालका निरोगी मान्छे वा चौपाया पाउन मुस्किल पर्ने निश्चित छ। यती हुदा हुदै पनी आमजनताका प्रतिनिधि हौ भन्नेहरू तिनै उद्योगीका बचाउनमा लाग्ने र आफ्ना आसेपासे झुण्ड प्रयोग गरेर भट्टाका विरूध्द आवाज उठाउनेहरूलाई धम्याउने तर्साउने तर्फ लाग्नुले पनी जनप्रतिनिधिहरू बिकेको स्पष्ट हुन्छ भने उद्योगीहरूले दम्भसाथ भन्ने गरेका छन।प्रदुषण भएको हो तर हाम्रो उद्योग पनी त चलाउनु पर्यो ।यही भनाईले स्पष्ट पारेको छ उद्योगीहरूले सरोकारवाला निकायलाई मोटै रकम नजराना चढाएका छन।नत्र जनताको स्वास्थ्य माथी असर पुगेको छ तर हामिले व्यापार गरेका हौ भनेर जनतालाई नै चुनौती दिने अभिव्यक्ति पक्कै दिदैन थिए।त्यसैले कसैले व्यापार गर्ने नाममा जनताको स्वास्थ्यसंग खेल्नु पाउने हो भने पाचखालका जनताले अब तरकारी उत्पादन र बिक्री हैन।गाजा चरेस र अफिमको उत्पादन र बिक्री गर्न पाउनु पर्छ। आखिर यो पनी त व्यापार हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *