Best Online News From Nepal

अवकाे एक बर्ष भित्र अरनिकाे राजमार्ग पुर्ण रुपमा सन्चालन हुनेछ – मन्त्रि बास्कोटा

शनिबार काभ्रेलाञ्चोकको धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिङ्गापुर रेडक्रस र प्रारम्भ संस्था ललितपुरको संयुक्त आयोजनामा भएको प्राथमिक स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले समृद्धिका लागि गरिबीविरुद्ध लड्नुपर्ने समय आएको बताए ।

बाँस्कोटाले राष्ट्रले लिएको समृद्धिको अभियानलाई साकार तुल्याउन स्वदेशी तथा विदेशी सहयोगी दातासँग आ–आफ्नो ठाउँबाट योगदानका लागि आग्रह गरे ।

उहाँले

अव समृद्धिका लागि गरिबीविरुद्ध लड्नुपर्ने समय आएको बताउनुभयो । राष्ट्रले लिएको समृद्धिको अभियानलाई साकार तुल्याउन स्वदेशी तथा विदेशी सहयोगी दातासँग आ-आफ्नो ठाउँबाट योगदानका लागि पनि मन्त्री बाँस्कोटाले आग्रह गर्नुभयो ।

अवकाे एक बर्ष भित्र अरनिकाे राजमार्ग पुर्ण रुपमा सन्चालन हुने बताउनु भयाे । साे सडककाे लागि अर्थ मन्त्रालयबाट बजेट निकासा भएकाे जानकारि गराउनु भयाे ।

कुनै पनि नेपालिले नेपालीकाे माया गर्नु राम्रो कार्य भएकाे बताउदै प्रारम्भिक सामाजिक सस्थाका डाइरेक्टर बद्रिराज तिमल्सिनाकाे अगुवाइमा सिङ्गापुर रेडक्रसकाे सहयाेगमा उपलब्ध भएकाे प्राथमीक स्वास्थ्य सामगृले उपचारमा ठुलाे टेवा मिल्ने बताउनु भयाे , यस्ताे राम्रो कार्यकाे सिकाे सवै नेपालिले गर्न जरुरि रहेकाे बताउनु भयाे ।

कार्यक्रममा पूर्व ऊर्जा राज्यमन्त्री सूर्यमान दोङले शहरी क्षेत्रमा भन्दा विकट क्षेत्रका गाउँपालिकामा प्राथमिक स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अर्थ मन्त्रालयका सचिव राजन खनालले प्राथमिक स्वास्थ्य सामग्री दैनिक जीवनसँग जोडिने कुरा भएकाले हेर्दा सामान्य भए पनि ठूलो अर्थ रहने बताए ।  कलाकार हरिवंश आचार्यले विपत् प्राकृतिक प्रकोपले मात्रै नभई मानिसले आफ्नो जीविका चलाउने सवालमा आफैँले सुरक्षित व्यवस्थापन गर्न नसक्दा पनि आउने गरेको उल्लेख गरे ।

सो अवसरमा सिङ्गापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्री, कलाकार हरिवंश आचार्य र अर्थ मन्त्रालयका सचिव राजन खनाललाई नेपाल पत्रकार महासंघ काभ्रे शाखा र प्रारम्भ संस्था ललितपुरले संयुक्त रुपमा सम्मान गरेको थियो ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डन देउपुर नगरपालिका, धुलिखेल नगरपालिका, रोशी गाउँपालिका र नेपाल पत्रकार महासंघलाई गरी कूल दुई हजार ६४० थान प्राथमिक स्वास्थ्य सामग्री वितरण गरिएको छ