Best Online News From Nepal

अलिकति सोचौं त !!! रामायण र महाभारत

प्रवीण अधिकारी——

 

16708313_599269103612929_4685918257736536688_n 16711839_599269070279599_7743498027386909362_n

रामायण र महाभारत सनातनी हिन्दुहरुका अति श्रद्धाका साथ पढिने महान ग्रन्थ हुन | यी दुई ग्रन्थहरु लेखिएको समय फरक छ , पात्रहरु फरक छन | युगकाल अनुसार एउटा ग्रन्थको सम्बन्ध त्रेता संग र अर्को ग्रन्थको सम्बन्ध द्वापर युग संग छ | तरपनि यी दुई युगिन ग्रन्थहरुमा केही त्यस्ता समानता छन् जुन कुरा हाम्रा मानस पटलमा चित्रको रुपमा घुमेर विचित्रको बन्न पुग्छन किनभने ती कुराहरुमा पात्र र र घटनाको मात्र अन्तर छ :-

असमानता भित्र समानता हेरौं
===================

पहिले कुरो गरौँ महाभारत र रामायणको नाय‌िकाको सम्बन्धमा । रामायणकि नाय‌िका हुन् – सीता अनि महाभारतकी नायिका हुन – द्रौपदी | यी दुई विचको सबै भन्दा ठूलो समानता के हो भने यी दुवै लक्ष्मीका अवातार हुन र दुवै पात्र अयोनिजा अर्थात कसैको पाठे घरमा हुर्किएर योनिबाट निस्किएका होइनन | त्यसकारण यी दुबैलाई अयोन‌िजा भन्ने गरिएको हो | देवी सीता भूम‌िबाट प्रकट भएकी थिइन भने द्रौपदी यज्ञाग्न‌िबाट उत्पन्न भएकी थिइन |

महाभारत र रामायणका नायकहरु दुवै द‌िव्य पुरुषहरु थिए | भगवान रामको जन्म पुत्र पुत्रेष्ठि यज्ञबाट भएको थियो भने महाभारतका नायक पांडवहरु देउताहरुको वरदान स्वरूप जन्मिएका थिए | महाभारत र रामायणको कथा अनुसार राम र पांडव दुवै अयोन‌िज थिए |

रामायण र महाभारतको नायकहरुको कुरो गर्दा रामायणको नायक भगवान श्री रामले १४ बर्षको वनवास पाएका थिए भने महाभारत मा पनि यस्तै खालको घटनाको उल्लेख गरिएको छ र महाभारतका नायक पांडवहरु द्युत क्रीड़ामा हारेपछि १३ वर्षको वनवास र १ वर्षको अज्ञातवासमा हिंडेका थिए | अर्थात यिनीहरु पनि १४ बर्ष सम्म घरबाट निस्केर वनवासी सरह बसेका थिए |

रामायण र महाभारतको महाकाव्यका नायकहरुको बिहे गराइमापनि निकै ठूलो समानता छ | रामायणमा भगवान रामले सीता संग बिहे गर्न धनुषमा प्रत्यंचा चढ़ाउनु परेको थियो , तर , त्यै क्रममा धनुष टूटन पुगेको थियो भने महाभारतका नायकहरु मध्ये अर्जुनले द्रौपदी संग विहे गर्न धनुष बाण लिई माछोको आँखो छेदन गर्नु परेको थियो | अर्कोकुरो , बिहेको समयमा राम र पांडव दुवै राज दरवार भन्दा बाहिर बसेका थिए | राम ऋष‌िहरुको सहायता गर्नकालागि वनमा थिए भने पांडवहरु लाक्षागृहबाट जोगिई वनमा भौंतारी रहेका थिए |

महाभारत र रामायणको सबै भन्दा ठूलो समानता के हो भने रामायणमा पवन देउताको छोरो हनुमान भनिएका छन र महाभारतमा तिनै पवन देउताको छोरो भीम भनिएका छन | अनि फेरी ती दुवै हनुमान र भीम गदा युद्धमा कुशल देखिएका छन |

रामायण र महाभारत दुवै महा काव्यकी नाय‌िकाआफ्ना श्रीमानाहरुका साथ् वनवास गएका देखिन्छन | वनवास गएको वखत सीताजीको हरण हुन्छ र महाभारतकि नाय‌िका द्रौपदीकोपनि अपहरण हुन्छ , तर , पांडवहरुले द्रौपदीको अपहरणकर्ता जयद्रथ संग जोगाउँ छन भने रामायणको नायकले सीता फर्काउन भयङ्कर युद्धनै गर्नु पर्दछ |

दुवै महाकाव्यका नायकहरुको आ आफ्ना दाजु भाईहरु संग निकै आदरयुक्त , स्नेहपूर्ण संबंध रहेको पाइन्छ । आमा बेग्ला बेग्लै भएपनि रामले आफ्ना भाईहरुलाई मायाँ गरेका छन | त्यसैकारण सबै भाईहरु आज्ञाकारी देखिन्छन | नियोग प्रथाद्वारा जन्माइएका , बाबु र आमाहरु बेग्ला बेग्लै भएका महाभारतका पात्रहरु पांच पाण्डव दुई आमाहरु भएपनि तिनमा आपसी स्नेह थियो र ती आफ्ना दाजु सबै भाईहरु युध‌िष्ठ‌िरका आज्ञाकारी थिए |

महाभारत र रामायणको समानता मध्ये एउटा कुरो के हो भने ती दुवै युगका पात्रहरुले आ आफ्नी नाय‌िकाका कारण युद्ध गरेका थिए । रामायणमा देवी सीताको अपहरणको कारण खलनायक रावण व‌िरुद्ध युद्ध लडिएको थियो | महाभारतमा द्रौपदीको अपमानको बदला लिन पांडवहरुले प्रत‌िज्ञा लिएका थिए र त्यै प्रत‌िज्ञा पुरा गर्न युद्ध लडेका थिए |

रामयणका अनुसार रावण वध गरिएपछि भगवान रामको राज्याभ‌िषेक गरिएको थियो र त्यसपछि धर्मको राज्य स्‍थाप‌ित हुन पुगेपछि जनता सुख-शांत‌िले जिउन थाले भनिएको छ भने महाभारतमापनि महाभारत युद्ध सकिएपछि युध‌िष्ठ‌िर राजा हुन पुगेपछि धर्मको साम्राज्य स्थापित हुन पुगेको थियो भनिएको छ |अस्तु |||- प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *