Best Online News From Nepal

‘अर्पण उत्कर्ष’ को भावना

२०७४-०३-१८

‘अर्पण उत्कर्ष’—————–

खोल्न मन कहाँ नभाको होर ?
ढुकढुकिमा प्रेमिल प्रतिस्ठान
तिमिलाइ तेइ प्रतिस्ठान को आजीवन सदस्यमा सिफारिश गर्ने धोको थियो/

तर एक इश्वर ले
मेरो भाग्य को चाख्ला
बालुवाको डबलीमा राखिदिनु भो
र ” खाली पनामा ”
प्रमाणित दस्तखत सहित को
सिफारिश गरेर जानू भो !

छाल हरु आयो मेटायो
बहाब हरु तैरियो मेटियो
भेल बाडी आयो मेटायो
लेखायो मेटायो ,
मेटायो लेखायो ,

कुनै दिन बालुवाको चाख्ला माथी
जब पत्थर आयर बस्यो
यश पटक पनि
इश्वर ले पुन सिफारिस
गरिदिइन !

म आझ पत्थर माथी लेखिदिएको
सिफारिस खोतल्दै छु
र ठान्छु
मेरो भाग्य संगै तिम्रो नाम सिफारिस गरेको छ कि छैन ,
तिम्रो जीवन संगै मेरो भाग्य सिफारिस गरेको छ कि छैन ?
र जीवन बनाइ दिने इश्वर ले भाग्य लेखिदिने सिफारिस गर्छन गर्दैनन !
इत्यादी इत्यादी !

अहो !
बडो बिश्मात !
यसपटक पनि इश्वर ले पत्थर माथी खाली दस्तखत गरिदिएछ्न र उभ्याउन भाएछ्न आफ्नो नांग्गो कर्तुत
मानौ इश्वर हरु नांगो भएकै कारण दस्तखत हरु खाली हुने गरेका छ्न ।

दस्तखत हरु जब सम्म खाली भैराख्छ्न तब सम्म इश्वरहरु नांगिरहन्छ ।

जुन दिन सम्म इश्वरहरु नांगीरहन्छ्न तेइ दिन सम्म यिनी हरुले
कसैको भाग्य लेख्दैनन !
गर्छ न त तेइ खाली दस्त खत र
मेटिजाने भबिश्य । लेखिदिन्छ्न

इस्वर हरु बेइमान भएका छ्न
बरु यिनीहरुलाइ भाग्य लेख्ने जिम्मा पो कस्ले दियो ?
इश्वर लाई इश्वर हुने सिफारिस कस्ले गर्यो ?
गुनासो गर्न मन छ ! मलाइ
मेरि आमालाइ जत्ती पनि बुद्ध छैनन अचेल इश्वरहरु को

इश्वर हरु बडो कुटिल देखियो
ताल परेमा यिनारुले अर्काको भबिश्य बालुवामा मात्रै हैन
भुष मा ,माटोमा , र पानीमा लेखिदिने सिफारिश गरिदिन बेर लाउदैनन ! बरै

इश्वर हरु तेइ बेला देखि बेइमान कहलिय
जब धुर्येधन हरु इश्वर को रुप धारण गरेर
फगत खाली पत्र मा अरुको भबिश्य कोर्दै
जथाभाबी , बेश्या प्रबृतिको सिफारिश गर्दै
हिड्न थाले ।

इश्वर हरु तेइ बेला देखि धुर्त ठहरिय
जब अंगुलिमाला गरु बुद्ध को रुपमा
जनताको भाग्य लुट्दै दैत्य आचरण देखाउन तमतयार भए !

हामी संग पनि एक इश्वर छ्न
इश्वर संग एक डन्डा छ
डन्डा भित्र ,
रगत मिसिएको
मसि सहित को कलम छ !

आझ इश्वर तेइ मसिले
रगत दान गर्ने जनताको भबिश्य बिगार्ने सिफारिस गरिरहेछ ।
आझ इश्वर तेइ डन्डाले
साधुलाइ चोर बनाइ रहेछ
चोर लाई डांका हुन सिकाइ रहेछ
र डांकालाइ फटाहा हुन ,
फटाहा लाई इश्वर हुने सिफारिस गरिरहेछ ।

म नतमस्तक हेरिरहेछु
किनकी तेइ इस्वर ले मेरो
भाग्य मा खाली दस्तखत गरेर गएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *