Kanakdhara Swami Swadeshanand /आसाम—-
अयोध्यामा हुनगइरहेको अनेपाली इन्द्रेश कुमार र अशोक चौरसिया द्वारा संचालित नेपाली विरोधी कार्यक्रमको विरोध गरौं । गैर नेपालीभाषी जातिलाई अन्तर्राष्ट्रिय नेपाली संस्कृति सुरक्षा परिषद चलाउने अधिकार कल्ले दियो?
……. ………….. ………………. ………………. ……………
यो तथाकथित अन्तर्राष्ट्रिय नेपाली संस्कृति सुरक्षा परिषदको अयोध्यामा हुने कार्यक्रममा विश्वको कुनै पनि नेपालीभाषी सदस्याई उपस्थित नहुने अनुरोध गर्दछु।
यस अन्तर्राष्ट्रिय नेपाली संस्कृति सुरक्षा परिषद् नामक संस्थाले चीनको झण्डा जलाउँछ, नेपालीहरूलाई चीनको विरोधमा बोल्न लगाउँछ तर भारतकै गोर्खाहरूको मांग गोर्खालैंड़को पक्षमा भने बोल्दैन अनि नेपालमा भारतले नाकावन्धी गर्दा पनि चुँइक्क बोल्दैन, भूटानबाट खेदिएका नेपाली शरणार्थीको बारेमा पनि बोल्दैन, भानु जयन्ती मनाउँदैन, विवेकानन्द जयन्ती मनाउँछ। यस संस्थाका प्रमुख इन्द्रेश कुमार र अशोक चौरसिया नेपाली जाति अथवा नेपाली नागरिक पनि हैनन् भने हाम्रो जातिको नाउँमा यो संगठन चलाउने अधिकार यिनीहरूलाई कसरी प्राप्त भयो ?
चीनको झण्डा जलाउनु र चीनको विरोध गर्नुका साथै कुनै पनि छिमेकी देशको विरोध गर्नु भारतीय संस्कृति हुनसक्छ तर नेपाली संस्कृति हैन। भारतीय संस्कृति, हिन्दू संस्कृति र नेपाली संस्कृति एउटै हैन, यदि एउटै हो भने दार्जीलिङ विषय लिएर भारतीय कुनै पनि संस्कृतिका ठेकेदारहरू किन चुइँक्क सम्म बेलेका छैनन् ?
यो संगठन भारतका गोर्खाहरूको पक्षमा बोल्दैन, नेपालका नेपालीको पक्षमा बोल्दैन, भुटानका नेपालीहरूको पक्षमा बोल्दैन भने यो संगठनले कुन देशका नेपालीको हित गर्छ ? हामीलाई अनेपालीले नेपाली संस्कृति नसिकाउनू। चौरसिया बिहारीको एउटा थर हो। मेरो सबै बिहारीसित विरोध छैन तर धेरै बिहारीहरू भन्दा नेपालीहरू सभ्य र संस्कृति सम्पन्न हुन्छन्। हामीलाई हाम्रो संस्कृति बिहारीले र अन्य भाषा-भाषीले सिकाउनुपर्दैन। हामीलाई यदि सकिन्छ भने हाम्रो अधिकार दिलाउने विषयमा अन्य जातिहरू बोल्नु तर संस्कृतिको नाउँमा छिमेकी सित दुःश्मनी गराउने र भानु जयन्ती, दशैं, तीज,तिहार नमनाएर विवेकानन्द जयन्ती मनाउने संस्कृतिलाई हामीमाथि नलाद्नू।
बेला वखत दार्जीलिङ आएर मान सम्मान खाने अनेपाली इन्द्रेश कुमार, अशोक चौरसिया अनि तिनका धुपौरेहरूले दार्जीलिङमा भएको अमानवीय घटनाप्रति कुनै पनि प्रतिक्रिया व्यक्त नगरेको र गोर्खाहरूको पक्षमा एक शव्द पनि नबोलेको हुँदा यो अन्तर्राष्ट्रिय नेपाली संस्कृति सुरक्षा परिषद् नामक संगठन गोर्खाविरोधी भएको सिद्ध हुँदछ। यस संगठनका नाइकेहरूलाई घरमा बोलाएर संरक्षण दिनेहरू पनि गोर्खाविरोधी ठहर्नेछन् अनि यिनीहरूको यस कार्यक्रममा विश्वको कुनै पनि नेपालीभाषी गोर्खा जाति उपस्थित हुन्छ भने जातिद्रोही ठहर्नेछ हामीले तिनीहरूको सामाजिक बहिष्कार गर्नुपर्छु । अत: सबैले अनेपाली भाषीको यस गोर्खा विरोधी क्रिया कलापको घोर विरोध जनाउँदै कार्यक्रममा उपस्थित नभएर विफल पार्नुहुन हार्दिक अनुरोध गर्दछु।
पुनश्च…
अन्तर्राष्ट्रिय नेपाली संस्कृति सुरक्षा परिषदका नाउँमा भारत र नेपालका नेपाली भेला पारेर चीनको विरोधमा नेपाली अनुहारलाई बोल्न लगाउने नेपाली विरोधी षड्यंत्रको घोर निन्दा गरौं । भारतीय जाति समूह द्वारा चीनको विरोध गरियोस् । नेपाली भन्दा भारतका मारबाड़ी ,बंगाली,गुजराती र तमिलहरू सक्षम छन् । नेपालीसित चीनको विरोध गर्ने ताकत छैन। अन्तर्राष्ट्रिय नेपाली संस्कृति सुरक्षा परिषदको नाउँमा चीनको विरोध गर्नु भनेको नेपालीहरूलाई चीनविरोधी बनाउने कुनै नेपाली विरोधी षड्यंत्रको दीर्घकालीन योजना हो। नेपाली संस्कृति छिमेकी विरोधी हैन। अयोध्यामा हुनगइरहेको नेपाली विरोधी कार्यक्रममा नेपाली भाषी जानु भनेको नेपालीहरूको अपमान हो।
विनीतः विश्वकै गोर्खाहरूको पक्षमा
कनकधारा स्वामी स्वदेशानन्द
अध्यक्षः
सनातन धर्म समन्वय सेवा समिति,
सिलगढी, भारत।
मितिः १३ सितंबर २०१७