Best Online News From Nepal

स्वामि विवेकान्नदले शिकागो धर्म सभामा बोलेका महत्वपुर्ण बाणिहरु

श्रीकृष्ण धिमाल—

स्वामी विवेकानंदको जन्म सन् १८६३ जनवरी १२ मा कलकत्ताको कायस्थ परिवारमा भएको थियो । उनको बाल्यकालको नाम नरेन्द्रनाथ दत्त थियो । बुबा विश्वनाथ दत्त कलकत्ता सर्वोच्च अदालतको प्रसिद्ध वकील थिए । उनको आमा भुवनेश्वरी देवी धार्मिक विचार भएको महिला थिइन । उनको अधिकांश समय भगवान शिवको पूजा अर्चना मै व्यतीत हुने गर्दथ्यो

उनि स्वामी रामकृष्णका प्रिय शिष्य थिए । रामकृष्ण अद्भुत व्यक्ति थिए त्यसैले उनलाई परमहंस भनिन्छ । विवेकानन्दले त उनलाई साक्षात् ईश्वरको अवतार मान्दथे । उनले बोलेको प्रत्येक कुरामा गुरूको अनुभव र ज्ञान नै भएको बताउदथे । विवेकानन्दले भने कसैलाई शिष्य बनाउने प्रयास गरेनन् । उनीबाट प्रभावित भएर मार्गरेट नोबेल (बैनी निवेदिता) लगायत केही प्रतिभाहरूले स्वतः शिष्यत्व स्वीकार गरेर समर्पित भई रामकृष्ण मिशनका आदर्शहरु प्रचार गरेका थिए ।

विश्व धर्म महासभा शिकागोमा सन् १८९३ मा विवेकानन्दले भाग लिन जाने सम्पूर्ण घटना ज्यादै आश्चर्य लाग्दो छ । खेतडीका राजाले उनलाई त्यहां जाने प्रेरणा दिए । उनी नरेन्द्रबाट अत्यन्त प्रभावित थिए र यी भावनाहरु अमेरिकामा प्रचारित होस् भन्ने चाहना राख्थे । नरेन्द्रलाई विवेकानन्द नाम दिने काम पनि उनैले गरेको मानिन्छ । उनले नै यात्राको सम्पूर्ण व्यवस्था मिलाई दिए अनि शिकागोको जाडोमा बङ्गाली गर्मीमा हुर्केका विवेकानन्दलाई ऊनी कोट आदि पहिरनको समेत व्यवस्था गरे ।

अमेरिकामा शुरूका अनुभव

अमेरिकामा एक अज्ञात र अनौठो पहिरन लागएका विवेकानन्दलाई लुटेरा र बदमाशहरूले लुट्नसम्म लूटे, जब उनी शिकागो पुगे उनलाई के थाहा भयो भने दर्ताको मिति सिद्धिएको छ, र कुनै संस्थाको आधिकारिक पत्र बिना एक व्यक्तिलाई त्यहा भाग लिन अनुमति छैन । पैसा सिद्धिएका बेला उनले मद्रासका साथीहरुलाई पैसा र चिठ्ठी पठाई दिन अनुरोध गरे । तर कसैले उनको सुनेन । निराश उनी रेलगाडीबाट बोस्टन फिर्ता भए । गाडीमा एक जना महिला उनका कुरा सुनेर आकर्षित भइन् र उनलाई प्रो. राइटसंग भेट गराईदिइन् । राइटले पत्र लेखेर उनलाई फेरि शिकागो पठाए । शिकागो पुग्दा विवेकानन्दको अवस्था खराब थियो । लुटेरा र बदमासहरुको भीडमा बचेर हिड्ने क्रममा चिठ्ठी हराएछ । शिकागोको स्टेशनमा भएको एक बाकसमा सेप्टेम्बर महिनाको जाडो छल्न रात बिताउनु पर्यो ।

साथमा रहेका अमेरिकी पैसा सकियो केवल गीताको पुस्तकमात्र साथमा रह्यो । भोको संन्यासीले मागेर खाने प्रयास गर्यो तर त्यहां कसले भिक्षा दिने ? प्रत्येक घरबाट उनलाई लखेटिदिए । भोकै तिर्खै डुल्दा थाकेर उनी एक गल्लीमा थचक्क बसे । संयोगले उनी ठीकै ठाउँमा पुगेका रहेछन् । माथिबाट कुनै व्यक्तिले उनलाई बोलाएर सोध्यो के उनी विश्वधर्म महासभामा भाग लिन आएका हुन्? अनि उनीलाई अन्य प्राच्य प्रतिनिधिहरूसंग बस्ने व्यवस्था भयो ।

यही व्यक्ति पछि अमेरिकामा विवेकानन्दको सबैभन्दा विश्वसनीय सहयोगी बन्यो । सभामा ब्रहम समाज, थियोसोफीकल सोसाइटी, जैन, बौद्ध, क्रिश्चियन, यहुदी सबैले आ-आफ्नो धर्मको प्रतिनिधित्व गरे । तर बिना पत्रका उनले आफ्नो मात्र प्रतिनिधित्व गरे । उनलाई हिन्दु धर्मको प्रतिनिधि भने पनि उनले वास्तवमा सारा संसारको प्रतिनिधित्व गरे । उनले पहिलो दिनमा दिएको संभाषणको प्रत्येक पंक्ति मननीय छ । त्यस मञ्चमा केही वक्ताहरुले विवेकानन्द अघि के विचार व्यक्त गरिसकेका थिए भने प्राच्य धर्मावलम्बीहरु धार्मिक रुपमा सहिष्णु हुन्छन् । उनले करोडौं हिन्दुहरु तथा उनका सबै मत र सम्प्रदायहरुको तर्फबाट अमेरिकी दाजु भाई दिदी बहिनीहरुलाई धन्यवाद दिंदै निम्नलिखित कुराहरुमा सबै धर्मावलम्बीका नेतृत्व वर्गको ध्यानाकर्षण गरेका थिए ।

विश्वधर्म महासभा अमेरिकाको शिकागोमा स्वामी विवेकान्नदले दिएका मन्तव्य

शिकागो मन्तव्यका मुख्य बुंदाहरू; त्यहां भनेका केही मुख्य कुराहरु शताब्दि पछि पनि समस्त विश्वलाई सान्दर्भिक देखिन्छन्–

  1. म संन्यासको सबैभन्दा प्राचीन परम्पराको अनुयायी हुँ ।

  2. विश्वमा प्रचारित सबै धर्महरुको जननी हिन्दु धर्म हो ।

  3. जुन दिन रोमन साम्राज्यको तानाशाही व्यवस्थाले यहुदीहरुको अन्तिम र विशाल मन्दिरलाई धुलोपिठो बनाउंदै थियो त्यही बेला दक्षिण भारतमा त्यस धर्मका गुरूलाई हिन्दुहरूले विशेष सम्मान र शुद्धतापूर्वक बस्ने व्यवस्था गर्दै थिए ।

  4. जोरोस्टरका अनुयायी अग्निपूजकहरू आफ्नो जन्मथलोमा टिक्न नसकेर भागेर हिंड्ने अवस्था थियो र उनीहरूलाई हिन्दुस्तानका सुविधासम्पन्न स्थानहरूमा आफ्ना कृत्य स्वतन्त्रतापूर्वक र सम्मानपूर्वक गर्ने व्यवस्था हिन्दु समाजले गरेको थियो ।

  5. उनले शास्त्रहरूबाट दुइवटा उदाहरण दिएका थिए । श्रीमद भागवद गीताको निम्नलिखित श्लोकहरूको अर्थ उनले बताउंदै कुनै खास तरिकाले ईश्वरको आराधना गर्नु पर्छ भन्ने कट्टरता हिन्दु धर्ममा छैन भन्ने कुरा बताएका थिए ।

    ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।
    मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।

    — श्रीमद भगवद गीता
  6. धर्मान्तरण कृत्यको विरोध गर्दै उनले भनेका थिए– सम्प्रदायवाद, असहिष्णुता, र यसका उत्तराधिकारीहरुको डरलाग्दो हठधर्मिताले यस सुन्दर धरतीमा धाक जमाउने इच्छा गर्दछ । यस्ता कृत्यले धरतीमा हिंसा चुल्याउंछ । मानिस मानिसबीच द्वन्द्व हुन्छ । युद्ध हुन्छ र रगतका खोला बगाउने काम गर्छ ।

  7. धर्मान्तरण कृत्य क्रूरताको पराकाष्ठा र सभ्यताका लागि कलंक हो । यस कृत्यले मानव स्वतन्त्रता हनन गर्छ ।

  8. यसले कट्टरता, साम्प्रदायिकता, र अशान्तिलाई जन्म दिन्छ । यसले देशवासीलाई र सत्पुरुषहरुलाई निराशाको अन्धकारमा डुबाउंछ ।

  9. यस कृत्यले विश्वका अनेक संस्कृति र सभ्यताहरु नाश भइ रहेका छन् ।

  10. शिकागो सम्मेलनले अतिवादिता तथा शक्ति र प्रचारद्वारा ज्ञान र धर्म माथि गरिने उत्पीडनका अन्तको शंख घोष गरेको छ ।

यसरी एउटा भारतियले समग्र सनातन धर्मको प्रतिनिधित्व गरेर अमेरिकामा  यति दुरदर्शि  बचन