व्यक्तिगत घर निमांर्ण गर्न सरकारले दिने अनुदान रकम प्राप्तिका लागि सहज बनाउन भूकम्पपीडितको नाममा स्वतः बैंक खाता सञ्चालन हुने भएको छ । विकट क्षेत्रका भूकम्पपीडितले बैंक खाता खोल्न नै कठिनाइ भइरहेको बेला नेपाल बैंकर्स एसोसिएसनको पहलमा सबै पीडितको स्वत खाता स्थापना गरी सञ्चालन हुने भएको छ । तथ्यांक बिभागले डिजिटल सर्भे सम्पन्न गरेर पीडितको सूची सार्वजनिक भएपछि सो नाम सम्वन्धित बैंकहरुमा राष्ट्रिय पुन निर्माण प्राधिकरणले नै पठाउनेछ । प्राधिकरणले नै उनीहरुको नाममा निशुल्क खाता खोलिदिनेछ । हाल यो सेवा तत्कालका लागि भूकम्पबाट अति प्रभावित १४ जिल्लामा मात्र उपलव्ध गराइने राजधानी दैनिकले समाचार छापेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र एसोसिएसनबीच पटक पटक को छलफलपछि बैंकर्स एसोसिएसन हाल सबै भूकम्पपीडितहरुको निः शुल्क खाता सञ्चालन गर्न सहमत भएको प्राधिकरणले जनाएको छ ।
The abiilty to think like that is always a joy to behold