Best Online News From Nepal

अब पाउँदैनन् लघुवित्त बैंकले २० प्रतिशत भन्दा बढी ब्याज असुल्न

लघुवित्त बैंकहरूले ऋणको ब्याज घटाएका छन् । बैठकले २० प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने निर्णय गरेको लघुवित्त बैंकर्स संघले जनाएको छ । यसअघि लघुवित्त बैंकहरूले १२ देखि २४ प्रतिशतसम्म ब्याज लिँदै आएको थियो । अब कुनै पनि लघुवित्त बैंकले २० प्रतिशतभन्दा धेरै ब्याज उठाउन पाउँनैछैन् । यो निर्णय संघ अन्तर्गतका लघुवित्त बैंकहरूलाई मात्र लागू हुने छ । लघु वित्तीय सेवा दिइरहेका गैरसरकारी संस्था (फिङ्गो) र सहकारी संस्थालाई यो निर्णय लागू हुनेछैन् । विगतमा लघु वित्त संस्थाहरूले ४ प्रतिशत ब्याजदरमा कर्जा लिएर २८ प्रतिशत सम्ममा ऋण लगानी गर्दै आएका थिए । यसरी आफूले कम ब्याज दरमा कर्जा लिने, सर्वसाधारणबाट महँगो ब्याज असुल्ने र ५० र ६० प्रतिशत लाभांश बाँड्ने प्रवृत्ति बढेको थियो । त्यही प्रवृत्ति रोक्न राष्ट्र बैंकले २५ प्रतिशतभन्दा बढी नगद लाभांश बाँड्न नपाउने व्यवस्था ल्याएको थियो । हाल मुलुकभर ४१ वटा लघु वित्त बैंकहरू भए पनि ३५ वटा मात्र संघमा आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *