Best Online News From Nepal

अब एकछिन हामी गंभीर भएर सोचौं

कृष्ण शंकर घिमिरे______ 1725244_1454315064788405_671646134_n

हालै एउटा साह्रै चाखलाग्दो र झण्डै “अपत्यारिलो” समाचार पढ्न पाइयो ।
त्यो के भने “पार्टीमा थेग्नै नसक्ने गरी गुटबन्दी बढेको ” कारण देखाएर प्रचण्डले पार्टी विघटनको प्रस्ताव ल्याए अरे ।
अब एकछिन हामी गंभीर भएर सोचौं : – जुन पार्टीको एजेन्डामा संविधानसभाको चुनाव भयो र अहिलेसम्म उसकै एजेन्डामा अरु दलहरू समेत हिंडिरहेका छन् भनिन्छ, त्यो दल आफैं विघटनतर्फ लालायित छ भने यिनीहरू कसको लागि काम गर्दारहेछन् त ?
समाजमा इस्लाम/ इसाई प्रतिमान स्थापित गरेर एक हदसम्म समाज र राष्ट्रलाई विघटनको दिशातर्फ धकेल्ने आफ्ना “प्रभु” को कार्यसूची सम्पन्न भैसकेको अनि आर्थिक सामाजिक विकासको बाटो देशलाई डोर्‍याउने “प्रभु” को आदेश छैन । अनि अस्तित्वमा रहनुपर्ने अौचित्य नै के छ र?
अब पराइ प्रतिमान स्थापनाकाे “अभियान” मा साक्षी किनारा बनेका कांग्रेस, एमाले, राप्रपा, मधेसवादी भनिनेहरुको अौचित्य चैं के बाँकी रह्यो त? माओवादी भन्दा पहिले नै सबै विघटन गरिदिए भयो यदि नैतिकता छ भने । होइन, आफ्नो अस्तित्व पनि जोगाउनु छ र नेपाल र नेपाली जनताको नाममा राजनीति गर्नु छ भने आफ्नो श्रोत (जरो ) मियो( किलो) फेर्नुपर्यो र आफ्नै प्रतिमानparadigm) स्वीकार गर्ने आँट देखाउनुपर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *