प्रधानमन्त्री केपी ओलीले अब २ वर्षभित्र आफ्नै देशभित्र पेट्रोल उत्पादन गर्ने घोषणा गरेका छन्। प्रेस चौतारी नेपालको राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु भइसकेको र २ वर्षभित्र पेट्रोल उत्पादन नै सुरु हुने बताएका हुन्। उनले आफ्नो कुरा नपत्याउनेलाई दैलेखमा गएर हेर्न पनि सुझाव दिए। दक्षिणको तेल हाल्दा हाल्दा हैरान भइयो उत्तरको तेल हाल्ने पनि कुरा नगरौं भन्दै उनले भने, २ वर्षभित्र आफ्नै पेट्रोल उत्पादन हुन्छ, यो त्यसै भनेको होइन, योजना नीति र कार्यक्रम अनुसार भनेको हुँ। केही समयअघि चिनियाँ प्राविधिकहरुले दैलेखमा नेपालको पेट्रोलियम सम्भाव्यताबारे अध्ययन सुरु गरेका थिए। प्रधानमन्त्री ओलीले कावासोतीदेखि २१ किलोमिटर पर ठूलो डाँडामा फलाम खानी रहेको भन्दै त्यहाँको फलाम प्रसोधनबाट नेपालको एक वर्षको बजेट भन्दा पनि धेरै आम्दानी गर्न सकिने बताए।