Best Online News From Nepal

अनलोड गरेको ग्यास तत्काल वितरण नगरे सीलबन्दी गरिने

ग्यास अनलोड भएको तीन दिनभित्रमा सबै ग्यास उपभोक्तालाई वितरण गर्न ग्यास डिपोहरुलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय दमौलीले अनुगमनका क्रममा शंकास्पद गतिविधिहरु देखेपछि ग्यास अनलोड हुनेवित्तिकै उपभोक्तामाझ पुर्याउन निर्देशन दिएको हो । ग्यास वितरण नगरी पुनः गोदाममा राखेर चर्को मूल्यमा बिक्री गरेको फेला परेमा सिलबन्दी गरिने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँको नेतृत्वमा खटिएको एक टोलीले मङ्गलबार दमौली बजारमा रहेका ग्यासका डिपोको अनुगमन गरेको थियो । टोलीले दमौली बजारमा रहेका दमौली सप्लायर्स, डी एन्ड डी, मङ्गल भाँडा पसल, मल्ल भाँडा पसल लगायतका ग्यास बिक्री गर्ने डिपोको अनुगमन गरेको थियो । ग्यास बिक्रेताले उपभोक्तालाई पुराना सिलिन्डर बिक्री गर्न छाडेर नयाँ सिलिन्डर किन्न बाध्य पारेको गुनासो बढेपछि अनुगमन गर्न टोली पठाइएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले बताए । अनुगमनका क्रममा गोदाममा भेटिएका सिलिन्डर तत्कालै उपभोक्तालाई चलनचल्तीको मूल्यमा वितरण गरिएको बताइएको छ ।

टोलीमा व्यास नगरपालिकाका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *