Best Online News From Nepal

अधिकांश मुलुकमा जेठसम्मै खडेरी

मौसम पूर्वानुमान महाशाखाले आगामी जेठ तेस्रो सातासम्म नेपाललगायत एसियाका अधिकांश मुलुकमा खडेरीको अवस्था कायमै रहने जनाएको छ । विभागका मौसमविद् समीर श्रेष्ठका अनुसार प्रशान्त महासागरमा बनेको निन्यो नामक मौसमी प्रणालीले गर्दा पानी कम पर्ने र तापक्रम उच्च हुन गई खडेरीको अवस्था रहनेछ । ‘आगामी जेठ १८ देखि २५ सम्म यो अवस्था अन्त्य हुने अनुमान छ,’ श्रेष्ठले भने। गत फागुन–चैतदेखि नै सुरु भए पनि प्रशान्त महासागरको नयाँ मौसमी प्रणालीले गर्दा पानी पर्ने कार्य सक्रिय हुन नसकेको उनले बताए । अन्नपूर्ण पोष्टमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *