Best Online News From Nepal

अँध्यारोमा चम्केको व्यापार

विकास थापा—-

विद्युत् प्राधिकरणले २०६४/०६५ मा सीएफएल बत्ती बालौं भनेर प्रचार मात्र गरेन, उसका उपभोक्ताले सहज रूपमा पाउने बन्दोबस्तीसमेत मिलायो । त्यतिबेला उपभोक्तामा अहिलेको जस्तो कम ऊर्जा खपत हुने विद्युतीय उपकरण प्रयोग गर्नुपर्छ भन्ने व्यापक जानकारी थिएन । प्राधिकरणको व्यवस्थापनमाथि त्यतिबेला पनि कमिसनका लागि दी प्रपञ्च (सोएफएल) रचिएको भन्ने आरोप लगाइएको थियो, विशेषगरी इन्भर्टरका व्यापारीहरूमार्पmत । अहिलेको सूचना र प्रविधिको युगमा उपभोक्ताहरूको चेतना स्तर कति वृद्धि भएको देखिन्छ भने गत हिउँदमा प्राधिकरणले साँभपख (पिक आवर) कम बत्ती बालौं, धेरै ऊर्जा खपत गर्ने विद्युतीय उपकरण (हिटर, वासिङ मेसिन, खानेपानी तान्ने पम्प आदि) नचलाऔं भनेर आम उपभोक्तासँग अनुरोध गरेको थियो । उक्त अनुरोधअनुसार उपभोक्ताले पिक आवरमा कम बिजुली खपत गरे ।

bikash-thapa_13यसको ज्वलन्त उदाहरण पिक आवरमा प्राधिकरणले अनुमान गरेभन्दा कम विद्युत् माग भयो । प्राधिकरणले गत हिउँदको बेला प्रणालीमा करिब १६ सय मेगावाटदेखि १२५९ मेगावाटसम्म माग हुने अनुमान थियो । यसले बदलिँदो प्रविधिअनुरूप उपभोक्ताले कम बिजुली खपत गरे र प्राधिकरणलाई माग व्यवस्थापन गर्न सजिलो भयो । फलस्वरूप गत वर्षको लक्ष्मीपूजादेखि उपत्यकालगायत देशका प्रमुख सहरहरूमा लोडसेडिङ हुन पाएन । यसरी आम उपभोक्ताले साँझपख कम बिजुली खपत गरिदिएर प्राधिकरणको महान् कार्यमा सहयोग पुर्‍याए ।

विश्वव्यापी रूपमा कम ऊर्जा खपत गर्ने अभियान चलेको छ । छिमेकी भारतमा विगत केही वर्षदेखि सुरु भएको यो अभियानबाट उसको प्रणालीमा ६ हजार मेगावाट विद्युत् बचत भएको छ । भारतमा यो अभियान सुरु भएयता २२३ करोड ४० लाख थान एलईडी वितरण भइसकेको छ भने यसबाट एक खर्ब २० करोड भारु बचत भएको छ । भारतलगायत युरोप, अमेरिका, अफ्रिकामा ऊर्जा बचत अभियान प्रविधिको विकासका कारण सुरु भएको हो । ऊर्जा संकटका बेला एक युनिट विद्युत् बचाउनु भनेको एक प्रणालीमा एक युनिट विद्युत् थप गर्नुसरह हो । नेपालको सन्दर्भमा मात्र व्यवस्थापन नै लोडसेडिङ न्यूनीकरणको अचुक अस्त्र हो । अघिल्लो वर्षको भदौसम्म दैनिक आठ घन्टा लोडसेडिङ हुनुको मुख्य कारण सुव्यवस्था नभएर हो । प्राधिकरणका तत्कालीन प्रणाली सञ्चालक र व्यवस्थापनले अनियमित रूपमा केही सीमित उद्योगहरूलाई विद्युत् आपूर्ति गरेर उपभोक्तालाई १४ घन्टासम्मको लोडसेडिङ गर्दै आएका थिए । प्रणालीमा चाहे जतिसुकै ऊर्जा उपलब्ध होस्, पहिल्यै लोडसेडिङको तालिका बनाएर गार्हस्थ्यतर्फ विद्युत् कटौती गरिएको थियो । लोडसेडिङमा अनियमितता भएसम्बन्धी यस राष्ट्रिय दैनिकमा पंक्तिकारले बारम्बार आवाज उठाउँदै आएको थियो । तर त्यतिबेला प्रणाली बुझेका चलाख प्रणाली सञ्चालकहरूले वास्ता गरेनन् ।

प्राधिकरणको व्यवस्थापन, ऊर्जा सचिव र ऊर्जामन्त्रीलाई गुमराहमा राखियो । कहाँसम्म भने साउनको मध्य वर्षामा कुलेखानी जलाशयको पानी नौ मिटर खपत गराइयो । तर विद्युत् प्रणाली बुझेका (इलेक्ट्रिकल इन्जिनियर) कार्यकारी निर्देशक भएर कुलमान घिसिङ आए ।

कुलमानको नियुक्तिप्रति ‘असन्तुष्टि’ जनाउँदै प्राधिकरणमा खाइखेली गरेर हालीमुहाली जमाउँदै आएका केही व्यक्तिहरू बाहिरिए, नयाँ समूह बन्यो । त्यसमाथि ऊर्जा मन्त्रालयमा सचिव र नीति महाशाखाका सहसचिव पनि इलेक्ट्रिकल इन्जिनियर परे संयोगवश ।

प्राधिकरणको विपरीत आस्था भएका कर्मचारीरूपी राजनीतिक प्राणी छन्, जो कुलमानको यो कार्यलाई सहजताका साथ स्वीकार गर्दैनन् । कुलमानले कहाँ गल्ती गर्ला वा कहाँ खोचे थाप्न पाइन्छ भनेर उनीहरू प्रतीक्षारत छन् ।

यो समूहले लोडसेडिङको अन्तर्य बुझ्यो र गत तिहारदेखि आफ्नो इमानदारी र प्राविधिक शिल्पयुक्त दक्षता देखाइदिए, फलस्वरूप अहिले उपत्यकालगायत प्रमुख सहरहरू लोडसेडिङमुक्त छ । एक पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले भावुक हुँदै ‘मेरो नियत सफा नभएको भए, म चुप लागेर बस्ने थिएँ र दुई तीन घन्टा मात्र लोडसेडिङ गरिदिएको भए तीनचार करोड रुपैयाँ मलाई बसीबसी आउँथ्यो ।’ कुलमानले यो इमानदारीका कारण आज मुलुकमा अन्धकार हटेको छ । यिनै इमानदार व्यक्तिले आज भारतबाट आयात गर्न लागेको एलईडी चिममा कमिसन खायो भनेर प्रचार गरियो । यसको पछाडि केही कारण छन् ।

bikash-thapa-7-page-16-oct-2017

पहिलो एउटा वर्ग छ, जसलाई कुलमानले लोडसेडिङ हटाएको सुरुदेखि मन परेको थिएन र छैन । लोडसेडिङ हटाएर कुलमानले कुनै राजनीतिक जस लिन खोजेका छैनन् । विगतमा प्रतियुनिट ३५ रुपैयाँ पर्ने डिजल प्लान्ट चलाएर भए पनि नियमित विद्युत् आपूर्ति वा लोडसेडिङ कम गर्ने प्रयास पटकपटक भएको थियो । किनभने जसले लोडसेडिङ हटाउँछ वा हटाउन सक्छ वा जुन राजनीतिक दलको नेतृत्वले बिजुली आपूर्ति गर्न सक्छ, जनताले तिनलाई सम्मान गर्छन् भन्ने दिव्यज्ञान उनीहरूलाई थाहा थियो । बालकदेखि उद्योगका मालिकसम्मको दैनन्दिनमा प्रभाव पार्ने यस्तो विषय राष्ट्रिय सरोकारको विषय थियो । तर प्राधिकरणका केही जानेका कर्मचारीहरूको आर्थिक प्रलोभनका कारण मुलुकको सिंगो जीवन बन्दी जस्तै भएको थियो । तर कुलमानमा यी अवगुण थिएन, उनले गरेर देखाए । सुरुमा कुलेखानीको पानी रित्यायो भनेर प्रचार गरियो । पछि थाहा भयो- कुलेखानीको जलाशय त उल्टो एक मिटर थप भएको रहेछ ।

कुलमानको तेजोबध गर्न र लोडसेडिङ कम गरेको जस नदिन त्यो वर्गको अर्को प्रोपोगान्डा मच्चायो, भारतबाट बिजुली आयात गरेर लोडसेडिङ कम गर्‍यो भनेर । त्यो प्रोपोगान्डा पनि सत्य थिएन । किनभने कुलमान आउनुअघि भारतबाट करिब ३७० मेगावाट (प्रणालीको मूल ऊर्जामा ४१ प्रतिशत) आयात भइरहेको थियो । उनी आएपछि ३४० मेगावाट आयात भयो । यो तथ्य पनि मिथ्या सावित भइसकेपछि त्यो वर्गलाई कुलमानको तेजोबध गर्ने अर्को अस्त्र थिएन । दोस्रो वर्ग छ, जसले अँध्यारोमा चम्केको व्यापारलाई कुलमानले नष्ट गरेका थिए सोलार, इन्भर्टर र जेन सेटका व्यापारी ।
यो वर्ग कुलमानप्रति क्षुब्ध थिए । उपत्यकाका र अन्य सहरी क्षेत्र गरी देशभर प्राधिकरणले उत्पादन गर्न सक्ने जडित क्षमताभन्दा बढी अर्थात् ६०० मेगावाटभन्दा बढी जेन सेन (क्याटिभ प्लान्ट) चालू थिए । उनीहरूले प्रतियुनिट ३५ रुपैयाँ पर्ने बिजुलीले आफ्नो उद्योग व्यवसाय चलाएका थिए । अहिले पनि अधिकांश व्यापारिक प्रतिष्ठान र उद्योगमा ती जेनसेट छन् । आर्थिक वर्ष २०७२÷७३ मा मात्रै नोपलमा तीन अर्ब २५ करोड रुपैयाँको विद्युतीय जेनेरेटर आयात भएको थियो (भन्सार विभाग, २०७३) । विभागका अनुसार उक्त अवधिमा इन्भर्टर मात्रै १२ लाख २५ हजार थान आयात भएका थिए । त्यसैगरी व्यापारीहरूले मौलाउँदो लोडसेडिङलाई धन्यवाद दिँदै २०७३ को पुस-माघलाई लक्षित गरी चालू आवको पहिलो ६ महिनामा झन्डै तीन अर्ब रुपैयाँबराबरको जेनेरेटर आयात गरिसकेका थिए ।

अहिले यी उपकरणको आयात ठप्पप्रायः छ । एउटै जेनसेटमा हजारौं रुपैयाँ प्राप्त हुने मुनाफा नास भएको छ । तेस्रो प्राधिकरणको विपरीत आस्था भएका कर्मचारीरूपी राजनीतिक प्राणी छन्, जो कुलमानको यो कार्यलाई सहजताका साथ स्वीकार गर्दैनन् । कुलमानले कहाँ गल्ती गर्ला वा कहाँ खाेंचे थाप्न पाइन्छ भनेर उनीहरू प्रतीक्षारत छन् । यी तीन वर्गभन्दा पनि डरलाग्दो एउटा समूह छ, जसले मिडिया, राजनीतिक दलका प्रभावशाली व्यक्तिलाई समेत प्रभाव पार्न सक्छ-गुणस्तरहीन एलईडीका व्यापारी । अहिले अदृश्य र असंगठित रूपमा एलईडीका व्यापारीहरूले कुलमानको खोइरो खन्न लागेका छन् ।

सहरी क्षेत्रका अधिकांश गार्हस्थ्य उपभोक्ताहरूले एउटा कुराको ज्ञान हासिल गरिसकेका छन् कि घरको बिजुलीको बिल आधा मात्र तिरे पुग्छ, एलईडी बत्ती राखेमा । देशभर करिब पाँच सय मेगावाट बिजुली साँझपख बालिने बत्ती (चिम) मा खपत हुने गर्छ । प्राधिकरणका कुल ३५ लाख ग्राहकमध्ये एउटा ग्राहकले पाँचवटा चिमलाई मात्र एलईडीले प्रतिस्थापन गरे एक करोड ७५ लाख थान बत्तीले कम ऊर्जा खपत गर्छन् । गार्हस्थ्य उपभोक्ताले पाँचवटा बत्ती परिवर्तन गर्दा प्रणालीमा दुई सय मेगावाट विद्युत् बचत हुन जान्छ । यो बचत भएको ऊर्जाले आगामी हिउँदमा बत्ती बाल्नको लागि हुने मागलाई सम्बोधन गर्छ र आगामी हिउँदयाम पनि यस वर्षको जस्तै लोडसेडिङमा मुक्त हुन जान्छ । तर आगामी हिउँदको लागि अहिल्यैदेखि नै बन्दोबस्तो गरिएन भने समय अभावले भ्याउँदैन।

किनभने आगामी असोज महिनाको अन्त्यसम्ममा एलईडी वितरण गरी हस्तक्षेप (थोरै पैसामा एक साथ उपयोग गराउने कार्य) गरिसक्नुपर्ने हुन्छ । तर गुणस्तर र दामको ग्यारेन्टी नभएका अर्बैां रुपैयाँका एलईडी गोदाममा थन्काइएका छन् । तिनलाई बेच्न नपाए ती व्यापारीहरूको बिल्लीबाठ हुने अवस्था थियो । त्यही भएर व्यापारीहरूले अदृश्य भई यसको विरोध गराए ।

प्राधिकरणले नियमित तवरबाट एलईडी प्रक्रिया अघि बढाउन पाएको भए गत असोजदेखि उपभोक्ताका घरघरमा वितरण भइसक्थे । प्राधिकरणले एलईडी खरिद गर्न नपाएकै कारण अहिले व्यापारीले आयात गरेका कम गुणस्तरका एलईडीका विज्ञापन छाएका छन् । अर्थात् अँध्यारोमा उनीहरूको व्यापार चम्केको छ । यही बेला ढल्केबरस्थित सबस्टेसन पनि पूरा नहुने भयो । जसले गर्दा भारतबाट थप बिजुली आयात हुन पाएन, जसले गर्दा व्यवस्थित रूपमा बिजुली आपूर्ति हुने वातावरण त्यति सहज भएन । यद्यपि केही उद्योगको आपूर्ति कटौती गरेर गार्हस्थ्य क्षेत्रमा लोडिसेडिङ नगर्ने प्राधिकरणले जनाएको छ । सीमित व्यापारीको स्वार्थका लागि राष्ट्रिय स्वार्थको उपेक्षा गरियो ।

कदाचित् कुनै विद्युत् गृह वा सबस्टेसनमा गडबड हुनेबित्तिकै सर्वसाधारणका घरमा बिजुली नआउने अवस्थाको सुरुआत पनि यसैको कडी हो । हिउँदका माग सम्बोधन हुने बिजुली आयोजना नबनाउने र भारतबाट आयात गर्ने दीर्घकालीन अघोषित नीति अहिले पनि सरकार चलाउनेमा हावी छ । किनभने उनीहरू तमोर (७६२ जलाशययुक्त) जस्ता आयोजना बनाउन रुचि राख्दैनन् । बरु व्यापारीका एलईडी खपत गराउन उद्यत् देखिनुको कारण पनि अँध्यारोमा चम्केको व्यापारबाट आउने कमिसन हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *